आज यस सभामा उपस्थित हरेक को लागि हामी भाग्यमानी छौ भन्ने स्वीकारोक्ति सहित सुरुवात गरौ | हामी त्यस्तो संसार मा बाँचेका छैनौ जहाँ हाम्री आमा बाँचिन, जहाँ हाम्री हजुरआमा बाँचिन, जहाँ महिला हरुका लागि अवसरहरु सारै नै सिमित थिए | र यदी तपाई यो सभा मा हुन्हुन्न्छ भने, हामी मद्दे धेरै जना यस्तो संसार मा हुर्क्यौ जहाँ हामी संग साधारण नागरिक अधिकार मात्र थियो | र आश्चर्यजनक रूपमा हामी अझै पनि त्यो संसारमा बाँचेका छौ जहाँ केहि महिला हरु संग तेही अधिकार पनि छैन तर यो सबै लाई एकातिर पन्छाउदा पनि, हामी संग एउटा समस्या छ, र त्यो नै वास्तविक समस्या हो र त्यो समस्या हो: महिलाहरु यो संसारको कुनै पनि ठाउँमा कुनै पनि पेशाको उच्च तह सम्म पुगेका छैनन् | संख्याहरुले यो कथा लाई प्रष्ट पार्छन् | १९० राज्य प्रमुख – नौ जना महिला संसारका सबै संसदका सांसदहरु - १३ प्रतिशत महिला छन् | उद्योग बाणिज्य क्षेत्रमा, महिलाहरु उच्च तह, प्रमुख तथा संचालकको रूपमा – १५,१६ प्रतिशतमा सिमित छन् संख्या सन् २००२ देखि यथावत छ र गलत दिशा तिर गैरहेको छ नाफा रहित क्षेत्र, त्यस्तो क्षेत्र जसलाई हामी महिला द्वारा नेतृत भएको मान्यता राख्छौ, उच्च तहमा महिलाहरु – २० प्रतिशत
हामी संग अर्को समस्या पनि छ, महिलाहरुले पेशागत सफलता र व्यक्तिगत परिपूर्णता को बिच छनौट अत्यन्त कठिन हुन्छ | संयुक्त राज्य अमेरकामा हालसालै भएको अध्यनले यस्तो नतिजा देखाउंछ: विवाहित उच्च तहका प्रबन्धक मध्ये दुइ तिहाई विवाहित पुरुष का सन्तान थिए भने जम्मा एक तिहाई विवाहित महिला का सन्तान थिए | केहि वर्ष अघि म न्युयोर्क मा थिए, एउटा कारोबार को सिलसिलामा, न्युयोर्कको एक झकिझकाउ प्राईवेट इक्विटी अफिसमा, तपाईहरु अन्दाज गर्न सक्नुहुन्छ | म बैठक मा छु – लगभग तीन घन्टाको बैठक, र दुइ घण्टा पछि, एउटा बिश्राम को जरुरी भयो, र सबै जना उठ्छन, तर त्यो बैठक संचालन गरिरहेका साझेदार लज्जित देखिन्छन | अनि मलाई महसुस भयो कि उनलाई आफ्नो अफिस मा महिला शौचालय कहाँ छ भन्ने नै थाहा छैन | त्यसपछि म यसो यता-उता हेर्न थाल्छु, भर्खर अफिस सरेको हो कि भनेर, तर अहँ म केहि संकेत देख्दिन | अनि म सोध्छु, “के तपाई यहाँ भर्खर सर्नुभएको हो?”, उत्तर आउछ “हैन, हामी यहाँ करिब एक वर्ष देखि छौ” अनि मैले भने, “के तपाई यो भन्न खोज्दै हुनुहुन्छ कि यो एक वर्षमा म मात्र एक महिला हो जो यो अफिस मा कारोबार को लागि आयो?” उहाले मलाई हेर्नुभयो र भन्नुभयो, “हो | अथवा तपाई मात्र यस्तो महिला हो जसलाई शौचालय जान पर्यो |”
अब प्रश्न आउछ, यो समस्यालाई हामी कसरी समाधान गर्न सक्छौ? कसरी यी शिर्षस्थानको संख्याहरु लाई परिवर्तन गर्न सक्छौ? कसरी यसलाई फरक बनाउछौँ? म यसो भनेर सुरुवात गर्न चाहन्छु, म यसको बारेमा कुरा गर्छु – महिलालाई कार्यदस्ता मा राखिरहने – किनकि मलाई साँचिकै लाग्छ यहि नै त्यो समस्या को समाधान हो | हाम्रो कार्यदस्ताको त्यो उच्च आय वर्गमा, ती व्यक्तिहरु जो उच्च तहमा पुग्छन् – भाग्यमानी ५०० कार्यकारी अधिकृत अथवा अन्य उध्योगमा सो सरह को पदमा, त्यो समस्या, जसमा म विश्वस्त छु, त्यो के हो भने महिलाहरु निस्क्रिय भैरहेका छन् आजकल मानिसहरु यसको बारेमा धेरै कुरा गर्छन, र उनिहरु कुरा गर्छन् लचिलो कार्य समय र सल्लाह को, र कम्पनि संग हुन पर्ने महिलाहरुको लागि तालिम कार्यक्रमहरु बारेमा | म आज यो बारेमा केहि कुरा गर्दिन – यधपी यी सब सांचिकै महत्वपूर्ण छन् | आज म हामीले व्यक्तिगत रूपमा गर्न सक्ने कार्य मा केन्द्रित गर्न चाहन्छु | हामीले आफुलाई दिन पर्ने सन्देश हरु के के हुन् त ? हामीले हामीसंग र हाम्रा लागि काम गर्ने महिलाहरुलाइ दिने सन्देश हरु के के हुन् त ? हामीले हाम्रा छोरी हरु लाई दिने संदेश के के हुन् त ?
अहिले सुरुवात मै म यो कुरामा प्रस्ट हुन चाहन्छु कि यो प्रस्तुति कुनै मुल्यांकन गरिने छैन | म संग कुनै सहि उत्तर छैन, म मेरा आफ्नै लागि पनि छैन | मैले सोमबार सान-फ्रान्सिस्को, मेरो बासस्थान, छाडे, र म यो सभामा आउन को लागि प्लेन चड्दै थिए | मेरी छोरी, जो तीन वर्षकी छे, उसलाई मैले शिशु-विध्यालय मा छाड्ने बेलामा मलाई रोक्नको लागि मेरो खुट्टालाई अंकमाल गर्दै र रुदै भनि, “मम्मी, प्लेनमा नचड्नुस” यो ज्यादै गार्हो छ | म कहिले काहीं आफैलाई दोषी महसुस गर्छु | मलाई थाहा छ कुनै पनि त्यस्ता महिला छैनन् , जो घरमा हुन् अथवा कार्यदस्तामा हुन्, र जसले कुनै न कुनै समय यस्तो महसुस नगरेका हुन् | त्यसैले म कार्यदस्ता मा रहनु नै सबैको लागि सहि कुरा हो भनेर भनिरहेकी छैन |
मेरो आजको यो प्रस्तुति “यदि तपाईहरु कार्यदस्ता मा रहन चाहानुहुन्छ मेरा संदेश हरु के-के छन् त” भन्ने बारेमा हुनेछ र मलाई लाग्छ म संग तीनवटा संदेशहरु छन् | पहिलो, टेबलमा बस्नुस | दोस्रो, तपाई आफ्नो जिवनसाथी लाई साच्चीकै जिवनसाथी बनाउनुहोस | र तेस्रो – साँच्चिकै छाड्नु अघि नछाड्नुस् | एक नंबर: टेबलमा बस्नुस् केहि हप्ता अघि मात्र अघि फेसबुकमा, एक उच्च सरकारी अधिकारी लाई आमन्त्रित गरेका थियौं, उनि सिलिकन भ्याली क्षेत्र वरपरका उच्च कार्यकारीहरु संग भेट गर्न आएका थिए | सबै जना टेबल मा बसेका थिए | अनि उनीसंग केहि महिलाहरु थिए जो उनीसंगै सहभागी हुन आएका थिए र उनको विभाग का उच्च पद मै थिए | अनि मैले एक प्रकारले भने “टेबलमा बस्नुस्, ल न टेबलमा बस्नुस्” | र उनिहरु कोठा को एक छेउ मा बसे | जब म कलेजको अन्तिम वर्ष मा थिएँ, मैले युरोपको बौद्धिक इतिहास को एउटा कक्षा लिएको थिए | के तपाईलाई कलेजमा त्यस्तो कुरा मन पर्दैन? म चाहन्छु कि म अहिलेपनि त्यस्तो कुरा पढ्न सकु | मैले त्यो कक्षा मेरो साथी क्यारी, जो सो समय मा एकदमै तेज साहित्यिक बिद्यार्थी थिईन र पछि गएर एक तेज साहित्यिक बुद्धिजीवी भईन, र मेरो भाई, एकदम स्मार्ट तर वाटर-पोलो खेल्ने स्नातक दोस्रो बर्ष को बिध्यार्थी संगै पढेको थिएँ |
हामी तिनै जना संगै कक्षा लिन्थ्यौ | क्यारी ले सबै पुस्तकहरु मौलिक ग्रीक र ल्याटिन मा पढ्छिन – सबै कक्षा मा जान्छिन – म सबै पुस्तक अंग्रेजीमा पढ्छु र धेरै जसो कक्षामा जान्छु | मेरो भाई अलि व्यस्त छ, उ १२ कक्षा को एउटा पुस्तक पढ्छ र केहि कक्षा मा जान्छ, परिक्षा को केहि दिन अघि हाम्रो कोठामा आउँछ सिक्नको लागि | हामी तिनै जना परीक्षा दिन संगै जान्छौँ र परीक्षा हलमा बस्छौँ, तीन घण्टा सम्म, हाम्रा साना निला पुस्तिका संग – हो म त्यति पुरानो जमाना कि हुँ | हामी परीक्षा हल बाट बाहिर आउछौं र एक अर्कालाई हेर्छौं र सोध्छौं, “कस्तो भयो?” क्यारी भन्छिन, “उफ, मैले हेगेलियन तर्कको मुख्य बुंदा लाई राम्रो चित्रण गर्न सकिन जस्तो लाग्छ” | अनि म भन्छु, “हे भगवान मैले जोन लाकको सम्पति को सिद्धान्तलाई त्यस पछिका दार्शनिक हरु संग जोड्न सकेको भए |” अनि मेरो भाई भन्छ, “मैले कक्षामा उत्कृष्ट अंक ल्याएँ” “कक्षामा उत्कृष्ट अंक? तिमीलाई केहि पनि त आउदैन”
यी सबै कथाहरुमा समस्या के छ भने तिनीहरुले त्यहि देखाउंछ जो तथ्यांक ले देखाउंछ: महिलाहरु आफ्नो क्षमतालाई रीतपूर्वक नजरअन्दाज गर्छन् । यदि तपाई पुरुष र महिला मा परिक्षण गर्नुहुन्छ, र उनीहरुलाई प्रस्न गर्नुहुन्छ जिपिए जस्तो पूर्ण रूपमा वस्तुगत आधारमा, पुरुषहरुले केहि बढी गलत गर्छन् र महिलाहरुले केहि कम | महिला हरु ले कार्यदस्ता मा आफ्नो लागि कहिले पनि मिलापत्र गर्दैनन् | कलेज बाट कार्यदस्तामा प्रवेश गर्ने व्यक्तिहरुमा बिगत दुई बर्षमा भएको एक अध्यनन ले ५७ प्रतिशत युवकहरु – अथवा पुरुषहरु सायद, ले आफ्नो पहिलो तलबमा मिलापत्र द्वारा सम्झौता गर्छन्, महिलाहरु भने जम्मा सात प्रतिशत | र महत्वपूर्ण रूपमा, पुरुषहरु आफ्नो सफलताको श्रेय आफैलाई दिन्छन, र महिलाहरु अन्य बाह्य तत्वहरुलाई | यदि तपाईले एक पुरुष लाई किन तपाईले राम्रो जागिर पाउनुभयो भनेर सोध्नु भयो भने , उनीहरुले “किनकि म अत्यन्त राम्रो छु, स्पस्ट छ, तपाई सोध्नुनै किन हुन्छ?” यदि तपाई महिलालाई किन तपाईले राम्रो जागिर पाउनुभयो भनेर सोध्नु भयो भने, उनीहरुले के भन्छन भने, उनीहरुलाई कसैले सहयोग गर्यो, उनिहरु भाग्यमानी थिए, उनीहरुले साँच्चिकै मेहेनत गरे | यसले किन अर्थ राख्छ त? यसले धेरै अर्थ राख्छ किनकि टेबल को सट्टा छेउ मा बसेर कसैले पनि कार्यालय मा महत्वपुर्ण ठाउँ पाउँदैन | र कसैले ले पनि बढुवा को अवसर पाउँदैन उनिहरु आफ्नो सफलतामा आफ्नो हक मान्दैनन अथवा आफ्नै सफलता बुझ्दैनन् |
म कामना गर्छु उत्तर सजिलो भईदिए हुन्थ्यो | म कामना गर्छु, म भन्न सकु ति सबै कलिला महिलाहरु जसका लागि म काम गर्छु, यी सबै उत्कृस्ट महिलाहरुलाई, “आफुमा विश्वास राख र आफ्नो लागि सम्झौता गर | आफ्नो सफलता लाई आफ्नो बनाऊ” म कामना गर्छु म यो कुरा मेरी छोरी लाई भन्न सकुँ | तर त्यो त्यति सजिलो छैन | किनकि यो भन्दा माथि रहेर तथ्यांकले एउटा कुरा देखाउछ, त्यो के हो भने – सफलता र सद्गुण पुरुषहरुको लागि धनात्मत रूपमा सम्बन्धित छन् भने महिलाहरु को लागि ऋणात्मक रूपमा | सबैजनाले सहमति जनाईरहेका छन् किनकि हामी सबैलाई यो कुरा सत्य हो भन्ने थाहा छ |
एउटा राम्रो अध्ययन पनि छ जसले यो तथ्य लाई राम्रोसंग प्रस्तुत गर्छ | यहाँ हार्वर्ड बाणिज्य अध्ययन बिभाग को एउटा प्रसिद्ध हेइदी रोइज़न नामको अध्ययन छ | उनि सिलिकन भ्यालीको एक कम्पनीको एक संचालक हुन्, र उनि आफ्नो सम्पर्क लाई प्रयोग गरेर एक सफल लगानीकर्ता भईन | सन् २००२ मा – खासै धेरै पहिला हैन – कोलम्बिया विश्वविध्यालय का प्राध्यापकले त्यो बिषयलाई लिए र “हवार्ड रोईज़न” बनाए | अनि उनले त्यो बिषय – दुइवटै – विद्यार्थीका दुई समूहलाई दिए | उनले जम्मा एउटा शब्द परिवर्तन गरे : “हेइदी” लाई “हवार्ड” मा | तर त्यो एक शब्द ले साच्चिकै ठुलो फरक पार्यो | अनि उनले विध्यार्थीको सर्वेक्षण गरे | र खुसीको कुरा के भने विध्यार्थिहरु, दुवै पुरुष र महिला, ले हेइदी र हवार्ड दुवै उत्तिकै प्रतिस्पर्धी को रुप मा लिए, र त्यो राम्रो थियो | र दुःखको कुरा सबैजनाले हवार्डलाई मन पराए उ एकदम राम्रो मान्छे हो, तपाई उसका लागि काम गर्न इच्छुक हुनुहुन्छ | तपाई उ संग पुरै दिन माछा मार्न जान सक्नुहुन्छ | तर हेइदी? खासै केहि भन्न सक्नुहुन्न | उनि आफै भन्दा अलिक अलग छिन, उनि अलि राजनैतिक छिन | तपाई आफैमा दृढ हुनुहुन्न उनका लागि काम गर्न इच्छुक हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा | यो एक उल्झन हो | हामीले हाम्रा छोरी र हाम्रा सहकर्मी हरु लाई भन्न पर्छ, हामीले आफैलाई भन्न पर्छ, आफुले ल्याएको उच्च अंक मा विश्वास गर्न, बढुवा को लागि पहुच बनाउन, र टेबलमा बस्न | र त्यो काम हामीले त्यो संसार मा गर्न पर्छ जहाँ, उनीहरुको लागि, केहि त्यागहरु छ जो उनीहरुले गर्छन, यध्यपी उनीहरुका दाजुभाइहरुलाई त्यो गर्न पर्दैन |
यो सबैमा सबैभन्दा दुःखको कुरा के भने यो कुरा सम्झिन सार्है गार्हो हुन्छ | म एउटा कथा भन्न लागिरहेको छु, जुन मेरा लागि लज्जास्पद छ, तर म महत्वपूर्ण मान्छु | मैले यो प्रस्तुति फेसबुक मा दिएको थिए, केहि समय पहिला, करिब एक सय कर्मचारीहरु को अगाडि | त्यसको केहि घण्टा पछि, एकजना महिला जो मेरो कार्यकक्ष अगाडि बसेर काम गर्छिन, म संग कुरा गर्ने इच्छा व्यक्त गर्छिन | मैले भने, हुन्छ, अनि उनि बसिन र हामीले कुरा गर्यौ | उनले भनिन, “आज मैले केहि सिके | मैले आफ्नो हात उठाउन पर्ने रहेछ भन्ने कुरा सिके |" मैले सोधे, “के भनेको?” उनले भनिन, “तपाईले आफ्नो प्रस्तुति जारी राख्नुभएको थियो, अनि तपाईले भन्नुभयो थप दुइवटा प्रश्न लिन्छु भनेर | अनि मेरो हात उठ्यो अरु धेरै मान्छे हरु संगै, र तपाईले थप दुईवटा प्रस्न लिनु भयो | अनि मैले मेरो हात तल झरे, र अवलोकन गरे कि सबै महिलाहरुका हात तल थिए, र तपाईले थप प्रश्नहरु लिनुभयो, मात्र पुरुषहरु बाट | " अनि मैले सोचे, ओहो यदि म, जो यो कुरालाई अति महत्व दिन्छु, यो प्रस्तुति दिदै गर्दा - यो प्रस्तुति को बेलामा, म यति पनि अवलोकन गर्दिन कि पुरुषहरु का हातहरु उठेका छन् र महिलाहरुका हातहरु उठेका छन् हामी कति असल छौ त हाम्रा कम्पनि र संस्था का प्रबन्धक का रूपमा महिलाहरु भन्दा पुरुषहरु अवसर को लागि पहुँच पुर्याई रहेका छन् ? हामीले महिलालाई टेबल मा बस्ने बनाउन पर्छ |
संदेश नंबर दुई, तपाई आफ्नो जीवनसाथी लाई वास्तविक जीवनसाथी बनाउनुहोस म यो कुरामा विस्वस्त छु कि हामीले कार्यदस्ता मा घरमा भन्दा धेरै प्रगति गरिसकेका छौं | तथ्यांक ले यो कुरा प्रस्ट रूपमा देखाउँछ | यदि एक महिला र एक पुरुष दुवै पूर्णकालीन काम गर्छन र एउटा सन्तान छ भने, त्यो महिला ले घरको काम पुरुषको भन्दा दुइगुणा बढि गर्छिन, र बच्चा को स्याहार तीनगुणा बढि गर्छिन | त्यसकारण ती महिलासंग तीनवटा, अथवा दुइवटा काम छन्, र पुरुष संग एउटा | घरमा धेरै समय बस्न पर्ने भयो भने कसले चै आफ्नो काम छाड्छ होला जस्तो लाग्छ तपाईहरु लाई यो सबको कारण साच्चिकै उल्झनयुक्त छ, अहिले म संग त्यो बिषय मा प्रवेश गर्न समय छैन | र मलाई यो लाग्दैन कि आइतबार को फुटबल हेराई र साधारण अल्छिपना यसको कारण हो |
मलाई लाग्छ यसको कारण धेरै नै उल्झनयुक्त छ | मलाई लाग्छ, समाजको रूपमा, हामी सफलता को लागि केटी हरुमा भन्दा केटाहरूमा धेरै दवाब दिन्छौ | म आफ्नी श्रीमती लाई सहयोग गर्न घर बस्ने र घरमा काम गर्ने पुरुष हरुलाई चिन्छु र त्यो गार्हो हुन्छ | जब म नानीहरुलाई खेलाउन बाहिर लैजान्छु, र एक जना पिता लाई देख्छु, म अवलोकन गर्छु कि अरु आमाहरु त्यो पिता संग खेल्दैनन् र समस्या त्यहि हो, किनकि हामीले त्यसलाई अन्य काम जत्तिकै महत्वपूर्ण बनाउन पर्छ – किनकि त्यो संसारको सबैभन्दा कठिन काम हो – दुवै लिङ्ग का मानिस हरुलाई घर भित्र काम गर्न, यदि हामी सबै कुरालाई सम्याएर लैजान र महिलालाई कर्यदस्तामा राखिरहन चाहन्छौं भने | (ताली) अध्ययन ले के देखाउंछ भने बराबर आम्दानी र बराबर जिम्मेवारी भएका घरहरुमा पनि छोडपत्र को दर आधा छ र बराबर जिम्मेवारी भएका घरहरुमा पनि छोडपत्र को दर आधा छ र त्यो उनीहरुलाई उत्प्रेरणा को लागि पर्याप्त भएन भने उनिहरु संग अझै छ – म यो सभामा कसरि भनौ? – उनिहरु एक-अर्कालाई धार्मिक अर्थ मा पनि बढि जान्दछन्
संदेश नंबर तीन: साँच्चिकै छाड्नु अघि नछाड्नुस् | म गहिरो व्यंग देख्छु – महिलाहरुले लिने एउटा कदम, र त्यो सधै नै देख्छु - कार्यदस्ता मा रहने उदेश्यका साथ, वास्तविकता मा त्यसले उनीहरुलाई वास्तविक अर्थ मा कार्यदस्ता बाट अलग गराउछ के हुन्छ त: हामी सबै व्यस्त छौं; सबै जना व्यस्त छन्, महिला पनि व्यस्त छिन | अनि उनि सन्तान जन्माउने बारेमा सोच्न थाल्छिन | उनले त्यो कुरा सोच्न थाल्ने वित्तिकै, त्यो सन्तान लाई स्थान बनाउने बारे सोच्न थाल्छिन | “म यसलाई आफुले अहिले गरिरहेको सबै कामहरु मा कसरी मिलाउन सक्छु?” अनि एकप्रकार ले त्यही क्षण देखि, उनि आफ्नो हात उठाउदिनन्, उनि बढुवा लाई प्राथमिकता दिन्नन, उनि कुनै पनि नया कार्ययोजना को जिम्मा लिन्नन् उनि भन्दिनन, “म, म त्यो काम गर्न चाहन्छु” उनि पछाडि सर्न थाल्छिन | समस्या के भने - मानौं उनि त्यो दिन गर्भवती भईन, त्यो दिन -- नौ महिना को गर्भावस्था, तीन महिनाको सुत्केरी बिदा, सबै कुरा मिलाउन छ महिना -- फटाफट कट्ने दुई वर्ष, धेरै जसो – र मैले देखे जस्तो – महिलाहरु यसबारेमा धेरै पहिला देखि सोच्न थाल्छन् - जब उनिहरु विवाहको लागि प्रतिबद्ध हुन्छन्, जब उनिहरु विवाहित हुन्छन, जब उनिहरु सन्तान जन्माउने बारे सोच्न थाल्छन, जसले धेरै समय लिन सक्छ | एकजना महिला मलाई यसबारेमा भेट्न आइन, र मैले यसो हेरे – उनि अलि भर्खरकी देखिन्थिन | अनि मैले भने, “त्यसो भए तपाई र तपाई को श्रीमान सन्तान जन्माउने बारेमा सोच्दै हुनुहुन्छ?” अनि उनले भनिन, “हैन, म अझै अविवाहित नै छु” उनि संग केटासाथी समेत थिएन | मैले भने, “तपाई यो बारेमा सारै छिटो सोचिरहनुभएको छ”
तर कुरा के भने तपाईले चुपचाप पछाडि सरेर यो कार्य थाल्नुभयो भने के हुन्छ? जो कोहि यसबाट गुज्रिनुभएको छ – म तपाईहरुलाई भन्न चाहान्छु, जब तपाई संग घरमा एक सन्तान हुन्छ, तपाईले फर्किनु नै उचित हुन्छ, किनकि त्यो बच्चालाई घरमा छाड्न साह्रै गार्हो हुन्छ – तपाईको काम चुनौतिपूर्ण हुनु पर्छ | त्यो उपलब्धिमूलक हुनुपर्छ | तपाई आफुले मैले केहि पहिचान छाडिरहेको छु भन्ने महसुस गर्नुपर्छ | र यदि दुई बर्ष पहिले तपाईले बढुवा लिनुभएन तर तपाई संगैको अर्को कुनै पुरुष ले लियो, यदि तीन बर्ष पहिला तपाईले नयाँ अवसर खोज्न छाड्नुभयो, तपाई लाई निराश हुनसक्छ किनकि तपाईले आफ्नो गाडीको एक्सिलेरेटर मा आफ्नो खुट्टा राखिरहनु पर्थ्यो | साँचिकै छाड्नुपर्ने स्थिति आउनु अघि नछाड्नुस | आफ्नो काम मा रहिरहनुस | एक्सिलेरेटर मा आफ्नो खुट्टा राखिरहनुस्, त्यो दिन सम्म जुन दिन देखि तपाईले सन्तान को लागि विदा साच्चिकै लिनुपर्छ – अनि बल्ल निर्णय लिनुस् समय भन्दा धेरै पहिला निर्णय नलिनुस, विशेषगरी त्यस्ता निर्णयहरु जस बारे तपाई स्वयम अवगत हुनुहुन्न |
मेरो पुस्ताले, दुःख पूर्बक भन्नुपर्दा, त्यो उच्च तहको संख्या लाई परिवर्तन गर्न सक्दैन | त्यो संख्या परिवर्तन भैरहेको छैन | हामी त्यो ५० प्रतिशत जनसंख्या भएको स्थिति सम्म पुग्ने छैनौ - मेरो पुस्ता मा, ५० प्रतिशत महिला हुने छैनन् कुनै पनि उध्योग को उच्च तह मा | तर मा आशावादी छु कि भविष्य का पुस्ता ले त्यो गर्न सक्छन | मलाई लाग्छ त्यो संसार जसमा हाम्रा आधा देशहरू र आधा कम्पनीहरु महिलाहरुले चलाएका हुन्, त्यो संसार साँचिकै राम्रो हुने छ | र त्यो मानिषहरु ले महिला शौचालय कहाँ छ भनेर थाहा पाउँछन् भनेर मात्र पनि हैन, तथापी त्यो राम्रो हुनेछ | मलाई लाग्छ त्यो राम्रो संसार हुनेछ | मेरा दुई वटा बच्चाहरु छन् | पाँच वर्ष को छोरो र दुई वर्ष कि छोरी | म मेरो छोरा को लागि छनोट होस् भन्ने चाहान्छु पूर्ण रूपमा कार्यदस्ता अथवा घरमा सेवा प्रदान गर्ने, र मेरी छोरी को लागि चाहान्छु अघि बढ्ने छनोट मात्र हैन, तर उनको प्राप्ति को लागि उनलाई मन पराईयोस भन्ने |
You can share this video by copying this HTML to your clipboard and pasting into your blog or web page. This video will play with subtitles.
You either have JavaScript turned off or have an old version of the Adobe Flash Player. To view this rating widget you
need to get the latest Flash player.
If your browser allows only "trusted sites" to execute Javascript, you should add the "googleapis.com" domain to your whitelist to allow our Flash detection to work properly.
Got an idea, question, or debate inspired by this talk? Start a TED Conversation.
फेसबुक प्रमुख कार्यकारी अधिकृत शेरयल स्याण्डबर्ग किन पुरुष को तुलनामा थोरै प्रतिशत मात्र महिलाहरु आफ्नो पेशा को उच्च तहमा पुग्छन भन्ने समिक्षा गर्छिन - र त्यो उच्च स्थान हासिल गर्ने लक्ष भएका महिलाहरुलाई तीन वटा उत्कृष्ठ सल्लाह प्रदान गर्छिन |
As the COO at the helm of Facebook, Sheryl Sandberg juggles the tasks of monetizing the world’s largest social networking site while keeping its users happy and engaged. Full bio »
Translated into Nepali by Suresh Gautam
Reviewed by Deepak Basyal
Comments? Please email the translators above.
08:00 Posted: Feb 2009
Views 690,263 | Comments 101
Just follow the guidelines outlined under our Creative Commons license.
This comment will be attributed to . Not ? Sign Out.