सुभप्रभात। के छ त? सब ठिकठाक, हैन त? यी सबै कुराहरूले मलाई अचम्म र हैरान् तुल्यायो। वास्तवमा, म छोडेर जाँदैछु। (हाँसो)© यहाँ तीन बिषयहरू छन, हैन त,♫ सम्मेलनको तयारी, र यी प्रासङ्गिक पनि छन् मैले भन्न चाहेका कुरासित।¼ एउटा चाहिँ मानव सिर्जनशीलताको असाधारण प्रमाण हाम्रामा भएका सबै प्रस्तुतिहरूमा देखिएको छ र यहाँ उपस्थित सबै व्यक्तिहरूमा। मात्र यसको विविधता र यसको प्रकार। दोस्रो चाहिँ यसले हामीलाई एउटा यस्तो ठाउँमा पुर्र्याएको छ जहाँ अब अगाडि भविष्यमा के हुँदैछ भन्ने, हामीलाई केहि थाहा छैन। अनि यो कसरी सकिएला भन्ने केहि थाहा छैन।
मलाई शिक्षामा रुचि छ -- वास्तवमा, मलाई के लाग्छ भने सबैलाई शिक्षामा रुचि हुन्छ। तपाईँलाई छैन त? मलाई चाहिँ यो खुब रमाईलो लाग्छ।€ यदि तपाईँ कुनै रात्रिभोजमा हुनुहुन्छ, र तपाईँले भन्नुभयो कि तपाईँ शिक्षा क्षेत्रमा काम गर्नुहुन्छ -- वास्तवमा, प्रष्टै छ, यदि तपाईँ शिक्षामा काम गर्नुहुन्छ भने, तपाईं प्राय: भोजमै भेटिनुहुन्न। (हाँसो) तपाईंलाई कसैले सोध्दैन। अनि तपाईँलाई फेरि कसैले सोध्दैन, उत्सुक भएर। त्यो मेरो लागि अचम्मको कुरा हो। तर यदि तपाईँ शिक्षामै काम गर्नुहुन्छ, अनि तपाईँले कसैलाई भन्नुभयो भने, तपाईँलाई थाहै छ, उनीहरू भन्छन, "तपाईँ के गर्नुहुन्छ?" अनि तपाईँ आफू शिक्षामा काम गर्छु भन्नुहुन्छ, तपाईँले उनीहरूको अनुहारको रङ्ग हराएको देख्नुहुनेछ। तिनीहरू यस्तो खाले कुरा गर्छन्, "हे भगवान," थाहा छ, "मै चाहिँ किन? मेरो साताभरिको यहि एउटा रात्रिभोजमा।" (हाँसो) तर यदि तपाईँले उनीहरूको शिक्षाको बारेमा सोध्नुभयो भने, उनीहरूले तपाईँलाई जकड्नेछन्। किनभने यो एउटा त्यस्तो कुरा हो जसले मानिसको भित्रसम्म छुन्छ, हैन त? धर्म, अनि पैसा र अन्य कुराहरू जस्तै।♫ मलाई शिक्षामा ठूलो रुचि छ, अनि मलाई लाग्छ हामी सबैलाई छ। यसमा हाम्रो एउटा ठूलो अन्तर्निहित स्वार्थ छ,♪ केहि मात्रामा यसको कारण, शिक्षा नै यस्तो चिज हो जसले हामीले ग्रहण गर्न नसक्ने भविष्यमा हामीलाई लैजान्छ। एक पटक सोच्नुस त, यस वर्ष विद्यालय शुरु गरेका केटाकेटीहरू सन २०६५ मा निवृत्त हुनेछन्। कसैलाई थाहा छैन -- गएका चार दिनमा यहाँ गरिएका सबै विशेषज्ञहरूका कुराहरूका बावजुद -- यो विश्व पाँच वर्षमा कस्तो देखिनेछ भनेर। तरै पनि हामी उनीहरूलाई त्यसका निम्ति पढाईरहनु पर्दछ। त्यसैले यो अनुमानविहीनता, मलाई लाग्छ, अद्भुत किसिमको छ।®
र यसको तेस्रो कुरा के हो भने जे भएपनि, हामी सबै सहमत छौँ बच्चाहरूसँग हुने साँच्चै अद्भुत क्षमतामा -- उनीहरूको नवीनताको क्षमतामा। मेरो मतलव, हिजो राती सिरेनाले अचम्मै गरिन, हैन त? उनले के गर्न सक्दी रहिछन भन्ने हेर्दा त। र उनी अपवाद हुन, तर मलाई लाग्छ हैनन,अझ यसरी भनौं, सम्पूर्ण बचपनभरिमै अपवाद। तपाईँले त्यहाँ देख्नुभएको एउटा असाधारण रुपमा समर्पित व्यक्ति हो जोसँग एउटा प्रतिभा छ। र मेरो असहमति के छ भने, सबै बच्चाहरूसँग अथाह प्रतिभा हुन्छ।€ र हामी ती प्रतिभालाई अत्यन्त निर्ममतापूर्वक नष्ट गर्दिन्छौं। त्यसैले म शिक्षाको बारेमा कुरा गर्न चाहन्छु र म सिर्जनशीलताको बारेमा कुरा गर्न चाहन्छु। मेरो धारणा के हो भने अहिले शिक्षामा सिर्जनशीलताको महत्व पनि साक्षरताको जत्तिकै छ, र हामीले यसलाई उत्तिकै महत्वका साथ हेर्नु पर्छ। (ताली) धन्यवाद। वास्तवमा, मैले भन्न खोजेको त्यहि हो। धेरै धेरै धन्यवाद। (हाँसो) भनेपछि, अब १५ मिनेट बाँकि। अँ, म जन्मेको थिएँ ... अहँ। (हाँसो)
मैले हालसालै एउटा गज्जबको कथा सुनेँ -- मलाई यो कथा भन्न रमाईलो लाग्छ -- चित्रकला कक्षामा बसेकी एउटी सानी नानीको कथा। छ वर्षकी नानी र उनी पछाडि बसेकी थिईन, चित्र कोर्दै, शिक्षीकाले भन्थिन कि ती नानीले कुनै कुरामा ध्यान दिन्नथिन, तर यो चित्रकलाको कक्षामा उनले ध्यान दिएकी थिईन। शिक्षीकालाई खुब अचम्म लागेछ र उनको छैउमा गईछन् र भनिछन, "तिमीले के को चित्र बनाई राखेको?" अनि ती नानीले भनिछन, "म ईश्वरको चित्र बनाउँदैछु।" अनि शिक्षीकाले भनिछन, "तर ईश्वर कस्ता छन भनेर त कसैलाई पनि थाहा छैन।"¼ अनि ती नानीले भनिछन, "एक मिनेटपछि सबैले थाहा पाउनेछन।" (हाँसो)
जब मेरो छोरो बेलायतमा चार वर्षको थियो -- वास्तवमा भन्दा, उ जहाँतहिँ चार वर्षकै थियो। (हाँसो) यदि ठ्याक्कै भन्ने हो भने, जहाँसुकै गएपनि, उ त्यस वर्ष चार वर्षको थियो। ऊ नेटिभिटी प्लेमा थियो। तपाईँ त्यो कथा सम्झिनुहुन्छ? अहँ, त्यो धेरै लामो थियो। यो लामो कथा थियो। मेल गिब्सनले यसको शृङ्खलै बनाएका छन।♫ तपाईँले हेर्नुभएको होला: "नेटिभिटी २।" तर जेम्सले जोसेफको भूमिका पाएको थियो, जसले हामीलाई रोमाञ्चित बनाएको थियो।£ हामीले यसलाई एक मुख्य भूमिकाका रुपमा लिएका थियौँ। अनि त्यहाँ टी-सर्टमा बोलाईएका टन्नै एजेन्टहरूको भिड थियो: "जेम्स रबिन्सन जोसेफ नै हो!" (हाँसो) उसले बोल्नु पर्ने थिएन, तर तपाईँलाई थाहै छ त्यो खण्ड जहाँ तीन राजाहरू आउँछन्। उनीहरूले उपहारहरू लिएर आउँछन्, र उनीहरूले सुन, फ्रान्किन्सेन्स र मिर लिएर आउँछन्। यो साच्चैँ नै भयो। हामी त्यहाँ बसिराखेका थियौँ अनि मलाई लाग्छ उनीहरू कथाको क्रमबाट बाहिर गए, किनभने हामीले पछि त्यो बच्चासँग कुरा गर्दा भन्यौँ, "तिमीलाई ठिकै लाग्यो त?" अनि उसले भन्यो, "अँ, किन? केहि बिग्र्यो र?" उनीहरूले बद्लि गरे, त्यत्ति मात्रै हो। जे होस, ती तीनजना केटाहरू आए -- टाउकामा टावेल राखेका चार वर्षे बच्चाहरू -- अनि उनीहरूले ती बक्साहरू भुईँमा राखे, अनि पहिलो केटोले भन्यो, "मैले यहाँको लागि सुन ल्याएको छु।" अनि दोस्रो केटोले भन्यो, "मैले यहाँको लागि मिर ल्याएको छु।" अनि तेस्रो केटोले भन्यो, "फ्र्याङ्कले पठाएको।" (हाँसो)
यी कुराहरूमा समानता के छ भने बच्चाहरू अवसर लिईहाल्छन्। उनीहरूले कुनै कुरा जानेनन भने पनि केहि चाहिँ गरिहाल्छन्। हैन त? उनीहरू गलत हुन डराउँदैनन्। अब, मैले भन्न खोजेको कुरा यो हैन कि गलत हुनु र सिर्जनशील हुनु भनेको एकै हो। हामीलाई यो थाहा छ कि, यदि तपाईँ गलत हुन तयार हुनुहुन्न भने, तपाईँ कुनै कुरामा कहिल्यै मौलिकता ल्याउन सक्नुहुन्न। यदि तपाईँ गलत हुन तयार हुनुहुन्न भने। अनि बच्चाहरू जब बयस्क भईसक्छन्, धेरैजसोले त्यो क्षमता गुमाईसकेका हुन्छन्। उनीहरू गलत हुनबाट डराउने हुन्छन्। अनि, हामी हाम्रा कम्पनीहरू पनि यसरी नै चलाउँछौँ।® हामी गल्तीहरूलाई नराम्रो रुपमा हेर्छौँ। अनि हामी अहिले यस्तो प्रकारको राष्ट्रिय शिक्षा पद्धति चलाउँदैछौँ जहाँ गल्ती भनेको तपाईँले गर्नैनहुने सबैभन्दा नराम्रो कुरा हो। र यसको परिणाम भने हामी मानिसलाई उनीहरूको सिर्जनशील क्षमताभन्दा बाहिर शिक्षा दिईराखेका छौं। पिकासोले एकपटक यसो भनेका थिए। उनले भनेका थिए कि सबै बच्चाहरू जन्मिँदा कलाकार हुन्छन्। समस्या भने हामी बढ्दै जाँदा पनि कलाकारनै रहिरहनु हो। म यसलाई पूर्ण विश्वास गर्छु कि, हामी सिर्जनशीलतातिर बढ्दैनौ, हामी यसबाट बाहिरतिर बढ्छौँ। अझ भन्दा, हामी यसबाट बाहिर शिक्षित हुन्छौँ। त्यसोभए किन यस्तो छ त?
म करिब ५ बर्षअघिसम्म स्ट्र्याटफर्ड-अन-एभनमा बस्थेँ। वास्तवमा, हामी स्ट्र्याटफर्डबाट लस एञ्जलस सरेका हौँ। यसबाट यो परिवर्तन कति सजिलो भयो होला भनेर तपाईँले अनुमान गर्न सक्नुहुन्छ। (हाँसो) वास्तवमा, हामी एउटा स्निटरफिल्ड भन्ने ठाउँमा बस्थ्यौँ, स्ट्र्याटफर्डको केहि बाहिर मात्र, जहाँ शेक्सपियरका बाबु जन्मेका थिए। तपाईँ अर्को अचम्ममा पर्नु भयो? म चाहिँ परेको थिएँ है। तपाईँले शेक्सपियरका बाबु पनि थिए भनेर सोच्नुहुन्न, सोच्नुहुन्छ त? सोच्नु हुन्छ त? किनभने तपाईँ शेक्सपियर लाई बच्चाको रुपमा सोच्नुहुन्न, हैन त? सात वर्षका शेक्सपियर? मैले यो कुरा कहिल्यै सोचेको थिईन। मेरो मतलव, उनी एकपटक सात वर्षका त थिए नि। उनी कसैको अङ्ग्रेजी कक्षामा थिए, हैन त? त्यो कस्तो दिक्कलाग्दो हुन्थ्यो होला? (हाँसो) "अझ कडा परिश्रम गर्नुपर्छ।" उनका बाबुले सुत्न पठाउँदा, क्या त, शेक्सपियरलाई, "जाऊ सुत, चाँडै," विलियम शेक्सपियरलाई, "अनि त्यो कलम छोड्दे त। अनि त्यसरी कुरा गर्नु हुँदैन। यसले सबैलाई दोधारमा पार्छ।" (हाँसो)
जे होस, हामी स्ट्र्याटफर्डबाट लस एञ्जलस गयौँ, र म, वास्तवमा, त्यो परिवर्तनका बारे एउटा शब्द भन्न चाहन्छु। मेरो छोरो आउन चाहेको थिएन। मेरो दुई बच्चा छन्। ऊ अहिले २१ वर्षको भयो, मेरी छोरी १६ वर्षकी छ। ऊ लस एञ्जलस आउन चाहेको थिएन। उसलाई यो ठाऊँ मन परेको थियो, तर बेलायतमा उसकी एकजना प्रेमिका थिई। सेरा, उसको जीवनकी प्रेमिका। ऊसले ऊनलाई चिनेको एकमहिना भएको थियो। ख्याल गर्नुस, ऊनीहरूले चौथो वार्षिकोत्सव मनाईसकेका थिए, किनभने १६ वर्षको हुँदा यो लामो समय हो।© जे होस, उसले हवाईजहाजमा साँच्चै चित्त दुखाएको थियो, अनि उसले भनेको थियो, "मैले सेराजस्तो अर्को केटी कहिल्यै भेटाउने छैन।" अनि हामीलाई भने यो कुराले खुशी लागिराखेको थियो, साँच्चै भन्दा, किनभने हामीले देश छोड्नुको मुख्य कारण ऊनी नै थिईन। (हाँसो)
तर जब तपाईँ अमेरीका सर्नुहुन्छ तपाईँलाई केही कुराले छोप्छ र तपाईँ पृथ्वीमा जहाँ पुग्नुभयो भने पनि: विश्वका सबै शिक्षा पद्धतिमा उहि प्रकारका विषयगत तहहरू छन्। जुनसुकै ठाउँमा पनि। तपाईँ जहाँ गएपनि केहि फरक पर्दैन। तपाईँलाई यस्तो हुँदैन जस्तो लाग्ला, तर हैन। माथिल्लो तहमा गणित र भाषाहरू हुन्छन्, अनि मानविकी, अनि कलाहरू सबैभन्दा तल हुन्छन्। पृथ्वीको जुनसुकै ठाउँमा पनि। अनि प्राय:जसो सबै पद्दतिमा पनि, कलाहरूभित्र पनि अझ तहहरू हुन्छन्।¼ विद्यालयहरूमा साधारणतया कला र सङ्गीतलाई उपल्लो दर्जा दिईन्छ त्यसपछि नाटक र नृत्य। यो ग्रहमा एउटा पनि त्यस्तो शिक्षा पद्दति छैन जहाँ बच्चाहरूलाई हरेक दिन नृत्य सिकाईन्छ हामीले ऊनीहरूलाई गणित पढाएको जस्तै। किन? किन होइन त? मलाई लाग्छ यो कुरा अझ महत्वपूर्ण छ।♫ मलाई लाग्छ गणित एकदमै महत्वपूर्ण हो, तर नृत्यपनि उत्तिकै हो। बच्चाहरूलाई दियो भने जतिबेला पनि नाच्छन, हामी सबै नाच्छौँ। हामी सबैको शरीर छ, हैन त? मैले केहि विर्शेको त छैन नि? (हाँसो) साँचो भन्दा, के हुन्छ भने, जब बच्चाहरू बढ्दै जान्छन, हामी ऊनीहरूलाई क्रमिकरुपमा कम्मरदेखि माथितिर पढाउँदै जान्छौँ। अनि त्यसपछि हामी ऊनीहरूको टाउकोमा केन्द्रित हुन्छौँ। अनि विस्तारै एउटा भागतिर।
यदि तपाईले एउटा वाह्यजीवको रुपमा शिक्षालाई हेर्नुपर्ने भएमा, अनि "के का लागि हो, सार्वजनिक शिक्षा?" भनेर भन्नुपर्ने भएमा, मलाई लाग्छ कि तपाईँ निश्कर्षमा पुग्नुहुन्छ -- यदि तपाईँले उत्पादन हेर्नुभयो भने, यसबाट को को साँच्चै सफल हुन्छन्, क कसले ऊनीहरूले गर्नुपर्ने सबै कुरा गर्छन्, क कसले सबै अङ्कहरू पाउँछन, कसले जित्छन् -- मलाई लाग्छ तपाईँ यो निष्कर्षमा पुग्नुपर्ने हुन्छ कि सार्वजनिक शिक्षाको सम्पूर्ण उद्देश्य विश्वभरि नै विश्वविद्यालयका प्राध्यापकहरू उत्पादन गर्नु हो, हैन त? ऊनीहरू नै हुन जो अग्र स्थानमा आउँछन्। अनि म पनि त्यस्तै एकजना थिएँ। (हाँसो)© अनि मलाई विश्वविद्यालयका प्राध्यापकहरू मन पर्छन, तर तपाईँलाई थाहा छ, हामीले ऊनीहरूलाई सम्पूर्ण मानव उपलब्धिकै चरमविन्दुको रुपमा राख्नु हुँदैन। ऊनीहरू जीवनको एउटा प्रकार मात्र हुन,® जीवनको अर्को प्रकार। तर तिनीहरू बरु जिज्ञासु हुन्छन्, अनि मैले यो कुरा ऊनीहरूलाई माया गरेर भनेको हुँ। मेरो अनुभवमा प्राध्यापकहरूको बारेमा एउटा रमाईलो कुरा छ -- सबैचाहिँ हैन, तर प्राय:जसो -- उनीहरू आफ्नो टाउकोले बाँच्छन्। ऊनीहरू त्यहाँ माथि बाँच्छन, र अलिकति एकातिर। एक प्रकारले ऊनीहरू, शाब्दिक रुपमा, शरीरविहीन हुन्छन्। ऊनीहरू आफ्नो शरीरलाई एक प्रकारको टाउकोको वाहन जसरी लिन्छन, हैन त? (हाँसो) यो ऊनीहरूको टाउकोलाई बैठकहरूमा लैजाने एउटा माध्यम हो। तपाईँ शरीरविहीनताको साँचो प्रमाण खोज्नुहुन्छ भने, तपाईँ आवाशीय सम्मेलनमा जानुस, वरिष्ठ प्राज्ञहरूको, अनि अन्तिम रातको डिस्कोमा जानुस। (हाँसो) अनि त्यहाँ तपाईँले देख्नुहुनेछ -- लोग्नेमान्छे र आईमाईहरू बेतालमा, अनियन्त्रित रुपमा शरीर बटारिरहेका, ता कि घर गएपछि यसको बारेमा एउटा लेखै लेख्न सकियोस भनेर अन्तिमसम्म पर्खिरहेका।
अहिले हाम्रो शिक्षा पद्दती प्राज्ञिक क्षमताको अवधारणामा खडा छ। र यसको एउटा कारण छ। यो सबै पद्दति विश्वभरि त्यतिबेला आविश्कार गरिएको थियो जतिबेला सार्वजनिक शिक्षा नै थिएन, साँच्चै, १९औँ शताब्दी अगाडि। त्यतिबेला ती सबै कुराहरू औद्योगिकीकरणका आवश्यकताहरू पुर्ति गर्न शुरु गरिएका थिए। त्यसैले यो तहगत प्रणाली दुई विचारधाराहरूमा आधारित छ। प्रथम, कामका लागि सबैभन्दा बढी चाहिने विषयहरू माथि छन्। त्यसले गर्दा तपाईँलाई बच्चै हुँदा मृदुभावले तपाईँलाई मन पर्ने कुराहरूबाट टाढा लगिन्छ, यो आधारमा कि, तपाईँले ती काम गरेर कहिल्यै नोकरी पाउनुहुन्न। हो कि हैन? सङ्गीततिर नलाग, तिमी सङ्गीतकार बन्ने हैन; कलातिर नलाग, तिमी कलाकार बन्ने हैन। मिठो सुझाव -- अहिले, गम्भिर रुपले गलत। यो सम्पूर्ण विश्व एउटा क्रान्तिमा फसेको छ। र दोस्रो हो प्राज्ञिक क्षमता, जसले हाम्रो बौद्धिक दृष्टिकोणमाथि साँच्चै प्रभुत्व जमाएको छ, किनभने यो प्रणालीलाई विश्वविद्यालयहरूले ऊनीहरूको आफ्नै छविअनुसार रचना गरेका छन्। यदि तपाईँले यसबारेमा सोच्नु भयो भने, सार्वजनिक शिक्षाको विश्वभरिकै सम्पूर्ण पद्दति विश्वविद्यालयको प्रवेशको एउटा तन्काईएको प्रक्रिया हो। र यसको परिणाम के हो भने धेरै प्रतिभाशाली, मेधावी, सिर्जनशील व्यक्तिहरूले आफूलाई केहि हैन भन्ने सोच्छन्, किनभने ऊनीहरूले विद्यालयमा राम्रो गरिराखेका विषयहरूको केहि कदर गरिएन, अथवा वास्तवमै खराब मानिन्छ। र मलाई के लाग्छ भने हामी त्यो बाटोमा जान सक्दैनौँ।
युनेस्कोका अनुसार, आउने ३० बर्षमा, ईतिहासको शुरूदेखि आजसम्म भएकाभन्दा धेरै व्यक्तिहरू शिक्षाबाट स्नातक हुनेछन्। धेरै व्यक्तिहरू, र यो हामीले कुरा गरेका सबै चिजहरूको मिश्रण हो -- प्रविधि र यसले काममा ल्याएको रुपान्तरण, अनि जनसङ्ख्या अध्ययन र जनसङ्ख्याको विशाल वृद्धि। एकाएक, उपाधिहरूको केहि मूल्य छैन। हैन त? म विद्यार्थी छँदा, तपाईँसँग उपाधि भए जागिर पाउनुहुन्थ्यो। यदि तपाईँको जागिर थिएन भने त्यो तपाईँले नचाहेर मात्र हुन्थ्यो। अनि मलाई, सोझै भन्दा, जागिरको ईच्छा थिएन। (हाँसो) तर अहिले उपाधि लिएका बच्चाहरू धेरैजसो भिडियो गेम खेल्न घर फर्किन्छन्, किनभने पहिले बीए चाहिने जागिरलाई अहिले एमए चाहिन्छ अनि एमए चाहिनेलाई पीएचडी चाहिन्छ। यो प्राज्ञिक स्फीतिको एउटा प्रक्रिया हो। र यसले पुरै शिक्षा पद्दति हाम्रो पैतालामुनितिर खस्किराखेको छ भन्ने दर्शाउँछ। हामीले हाम्रो बौद्धिक दृष्टिकोणबारे समस्त रुपमा पुनर्विचार गर्नुपर्छ।
हामीले बुद्धिको बारेमा तीनओटा कुराहरू जानेका छौ। पहिलो, यसको विविधता। विश्वलाई हामीले यसलाई अनुभव गरेका हरेक तरिकाबाट हेर्दछौँ। हामी दृश्यमा सोच्छौँ, हामी आवाजमा सोच्छौँ, हामी सौन्दर्यमा सोच्छौँ। हामी अमूर्त ढाँचामा सोच्छौँ, हामी चालमा सोच्छौँ। दोस्रो, बुद्धि गतिशील छ। यदि तपाईँले मान्छेको दिमागको अन्तरक्रियालाई हेर्नुभयो भने, हामीले हिजो त्यतिका प्रस्तुतिहरूमा सुनेजस्तो, बुद्धि आश्चर्यजनक रुपले अन्तरक्रियात्मक छ। दिमाग कक्षहरूमा बिभाजित छैन। वास्तवमा, सिर्जनशीलता -- जसलाई मैले मुल्यवान मौलिक विचारहरू जान्ने प्रक्रियाको रुपमा परिभाषित गर्छु -- प्राय:जसो विभिन्न शास्त्रको वस्तुहरूलाई हेर्ने तरीकाहरुको अन्तरक्रियाबाट उत्पन्न हुन्छ।
दिमाग जानिबुझिकनै -- वास्तवमा, दिमागका दुई भागहरूलाई जोड्ने कर्पस क्यालोसम नामको एउटा स्नायुरेसाको मुठो हुन्छ। यो महिलाहरूमा अलि मोटो हुन्छ। हिजोकी हेलेनलाई हेर्दा, सायद यहि कारणले महिलाहरू एकैपटक धेरैओटा काम राम्ररी गर्न सक्छन् भन्ने मलाई लाग्छ। किनभने तपाईँ त्यस्तो हुनुहुन्छ, हैन त? यसको अनुसन्धानको एउटा पाटो छ, तर मैले आफ्नै जीबनबाट यो कुरा जानेको छु। यदि मेरी श्रीमतीले घरमा खाना बनाउँदैछिन भने -- जुनचाहिँ धेरैजसो हुन्न, धन्न। (हाँसो) तर तपाईँलाई थाहा छ, ऊनले पकाउँदैछिन् -- हैन, ऊनले केहि-केहि चाहिँ राम्रै पकाउँछिन् -- तर यदि ऊनले पकाउँदैछिन भने, तपाईँलाई थाहा छ, ऊनले फोनमा कसैसित कुरा गरिरहेकि हुन्छिन्, केटाकेटीहरूसित कुरा गरिराखेकि हुन्छिन, छत लिपिराखेकी हुन्छिन्, उनी यहाँ ओपन-हार्ट सर्जरी गरिराखेकी हुन्छिन्। यदि मैले पकाउँदै छु भने, ढोका बन्द हुन्छ, केटाकेटीहरू बाहिर हुन्छन्, फोन उठिराखेको हुन्छ, अनि ऊनी आउँदा पनि मलाई दिक्क लाग्छ। म भन्छु, "टेरी, कृपया, मैले यहाँ अण्डा पकाईराखेको छु। एकैछिन पर्ख न।"(हाँसो) वास्तवमा, पुरानो दार्शनिक कुरा छ नि, यदि जङ्गलमा एउटा रुख ढल्छ र कसैले सुन्दैन, ढलेकै हो त? त्यो पुरानो कटुस सम्झिनुहुन्छ? मैले हालसालै एउटा गज्जबको टि-सर्ट देखेको थिएँ जसमा लेखेको थियो, "यदि एउटा लोग्नेमान्छेले जङ्गलमा आफ्नो मनको कुरा भन्छ, र कुनै आईमाईले सुन्दैन भने, तबपनि ऊ गलत हुन्छ त?" (हाँसो)
अनि बुद्धिको बारेमा तेस्रो कुरा हो, यो पृथक छ। मैले अहिले एउटा किताब लेख्दै छु "एपिफानी" नामको, जुन व्यक्तिहरूले ऊनीहरूको प्रतिभा कसरी पत्ता लगाए भन्ने कुराको एउटा अन्तर्वार्ताको शृङ्खलामा आधारित छ। मान्छेहरु कसरी त्यहाँसम्म पुगे भन्ने कुराले मलाई आकर्षित गरेको छ। यो मैले एउटी बिचित्रकी महिलासँग गरेका कुराबाट प्रेरित छ जसको बारेमा सायद धेरै व्यक्तिहरूले सुनेका छैनन होला, ऊनको नाम हो गिलियन लिने, तपाईँले सुन्नुभएको थियो त? कसैकसैले सुनेका छन्। ऊनी एउटा कोरियोग्राफर हुन् र ऊनको काम सबैलाई थाहा छ। ऊनले "क्याट्स" अनि "फ्यान्टम अफ द ओपेरा" बनाएकि थिईन्। ऊनी बिचित्रकी छन। म वेलायतमा रोयल ब्यालेटको समितिमा बस्थेँ। तपाईँलाई थाहै छ। जे होस, गिलियन र मैले एकदिन संगै खाना खायौँ अनि मैले भने, "गिलियन, तपाईँ कसरी नृत्यकर्मी बन्नुभयो त?" अनि उनले भनिन" यो रोचक थियो, जब ऊनी विद्यालयमा थिईन्, ऊनी साँच्चै निराश थिईन। अनि त्यो विद्यालयले, सन ३०को दशक तिर, ऊनका आमाबाबुहरूलाई लेख्यो, "हामीलाई लाग्छ गिलियनको सिकाई क्षमतामा समस्या छ।" ऊनी एकाग्र हुन सक्दिनन्, ऊनी धेरै चञ्चल थिइन। मलाई लाग्छ अहिले तिनीहरूले उनलाई एडीएचडी थियो भन्थे होलान्। हैन त? तर यो १९३० तिरको कुरा हो, अनि त्यतिबेला एडीएचडीको आविश्कार नै भएको थिएन। त्यतिबेला यो एउटा उपलब्ध अवस्था थिएन। (हाँसो) कसैलाई यो हुन्छ भन्ने कुरा कसैलाई थाहै थिएन।
जे होस, ऊनी विशेषज्ञकहाँ देखाउन गईन। अनि, त्यो भब्य कोठा, र ऊनि आमासँग गएकी थिईन्, अनि उनलाई एउटा छेउको कुर्सीमा लगेर बसाईयो, अनि ऊनी २० मिनेटसम्म एक्लै बसिराखिन जतिबेला त्यो मान्छेले ऊनकी आमासँग गिलियनलाई विद्यालयमा भएका ऊनका सबै समस्याहरूका बारेमा कुरा गर्र्यो। अन अन्तिममा -- ऊनले मान्छेहरूलाई अलमल्याएकाले, ऊनको गृहकार्य सधै ढीलो हुन्थ्यो, अनि यस्तै यस्तै, आठ वर्षकी सानी बच्ची -- अन्त्यमा, डाक्टर गएर गिलियनको छेउमा बस्यो अनि भन्यो, "गिलियन्, मैले तिम्रो आमाले भनेका सबै कुराहरू सुनेँ, र म ऊहाँसँग एकान्तमा कुरा गर्न चाहन्छु।" ऊसले भन्यो, "यहिँ पर्ख है, हामी आईहाल्छौँ, धेरै बेर लाग्दैन।" अनि ऊनीहरू ऊनलाई छाडेर गए। तर ऊनीहरू कोठाबाट बाहिर जाँदा उसले उसको टेबलमा भएको रेडियो खोल्यो। अनि जब तिनीहरू कोठाबाहिर गए, ऊसले ऊनको आमालाई भन्यो, "उँभिनुस र ऊनलाई हेर्नुस।" र ऊनीहरू कोठाबाट निस्किने बित्तीकै, ऊनले भनिन, ऊनी ऊभिईन, अनि सङ्गीतसँगै चल्न थालिन्। ऊनीहरूले केहि मिनेटसम्म हेरे अनि ऊ ऊनकी आमातिर फर्केर भन्यो, "श्रीमती लिने, गिलियन बिरामी छैनन, ऊनी नर्तकी हुन्। ऊनलाई नृत्य विद्यालयमा लैजानुस।"
मैले भनेँ, "अनि के भयो?" ऊनले भनिन, "पठाउनुभयो। त्यो कति रमाईलो थियो भन्ने म तपाईँलाई भन्नै सक्दिन। हामी त्यो कोठामा गयौँ त्यहाँ सबै म जस्ता मान्छेहरूले भरिएको थियो। स्थिर बसिराख्न नसक्ने मान्छेहरू। सोच्नका लागि चल्नैपर्ने मान्छेहरू ।" सोच्नका लागि चल्नुपर्नेहरू । ऊनीहरू ब्याले नाच्थे, ट्याप नाच्थे, ज्याज नाच्थे, आधुनिक नाच्थे, समकालीन नाच्थे । अन्तत: ऊनी रोयल ब्याले विद्यालयका लागि छानिईन, ऊनी एकल कलाकार बनिन, ऊनले रोयल ब्यालेमा गज्जबको पेशा पाईन। अन्तत: ऊनी रोयल ब्याले स्कूलबाट स्नातक भईन् र आफ्नै कम्पनी शुरु गरिन -- द गिलियन लिने डान्स कम्पनी -- एन्ड्रु लोयड वेबरलाई भेटिन। ऊनी ईतिहासकै सबैभन्दा बढी सफल साङ्गीतिक थिएटर निर्माणका लागि जिम्मेबार छिन् ऊनले दसौँ लाखलाई आनन्द दिएकी छन्, अनि ऊनी करोडपति छिन् । अरु कोहि भएको भए ऊनलाई उपचार गर्थ्यो होला अनि ऊनलाई चुप लाग्न भन्थ्यो होला।
अब, मलाई लाग्छ ... (ताली) मैले के सोच्छु भने: अल गोरले हिजो राती पर्यावरणको बारेमा, अनि राचेल कार्सनले शुरु गरेको क्रान्तिको बारेमा बोले । मलाई विश्वास छ भविष्यको लागि हाम्रो एकमात्र आशा भनेको मानव पर्यावरणको नयाँ अवधारणा अपनाउने नै हो, यस्तो अवधारणा जसमा हामी मानव क्षमताको सम्पन्नताको नयाँ धारणा बनाउँन शुरु गर्नेर्छौँ। हाम्रो शिक्षा पद्दतिले हाम्रो दिमागलाई यसरी खाईदिएको छ कि हामी पृथ्वीलाई खान्छौँ: एउटा विशेष क्रयवस्तुका लागि। र भविष्यमा, यसले हामीलाई काम दिने छैन । हामीले आधारभूत सिद्धान्तहरूलाई पुनर्विचार गर्नुपर्छ जसमा हामी हाम्रा बच्चाहरूलाई शिक्षा दिँदैछौँ । जोनास साल्कको एउटा गज्जबको भनाई छ नि, ऊनले भनेका छन, "यदि सबै कीराहरू पृथ्वीबाट हराउनुपर्ने भए, ५० वर्षभित्र पृथ्वीका सबै जीवहरू खत्तम हुनेथियो । यदि पृथ्वीबाट सबै मान्छेहरू हराए भने, ५० वर्षभित्र सबै जीवहरू फस्टाउने छन्।" अनि ऊनले ठीक भनेका छन्।
टेडले मानव कल्पनाको उपहारलाई सम्मान गर्छ। हामीले यो उपहार वुद्धिमानीपूर्वक प्रयोग गर्नेबारे सचेत हुनुपर्छ, अनि हामीले केहि परिदृश्यहरूलाई हटाईदिनुपर्छ जसको बारेमा हामीले कुरा गरेका छौँ। र हामीले यसो गर्ने एउटै मात्र तरिका भनेको हाम्रा सृजनशील क्षमताहरूलाई तिनीहरूका सम्पन्नताअनुसार हेर्ने, र हाम्रा बच्चाहरूलाई तिनीहरूका आशाको रुपमा हेर्ने नै हो । र हाम्रो काम ऊनीहरूको सम्पूर्ण पक्षलाई शिक्षित गर्नु हो, जसद्वारा उनीहरूले भविष्यलाई सामना गर्न सकून्। -- जे होस -- हामीले भविष्य नदेखौँला, तर ऊनीहरूले देख्नेछन् । र हाम्रो काम भनेको ऊनीहरूलाई यसमा केही गर्न सहयोग गर्ने हो । धेरै धेरै धन्यवाद ।
You can share this video by copying this HTML to your clipboard and pasting into your blog or web page. This video will play with subtitles.
You either have JavaScript turned off or have an old version of the Adobe Flash Player. To view this rating widget you
need to get the latest Flash player.
If your browser allows only "trusted sites" to execute Javascript, you should add the "googleapis.com" domain to your whitelist to allow our Flash detection to work properly.
Got an idea, question, or debate inspired by this talk? Start a TED Conversation, or join one of these:
सिर्जनशीलतालाई हुर्काउने (न कि यसको उपेक्षा गर्ने) शिक्षा पद्धति निर्माण गर्ने बारेमा सर केन रबिन्सन एउटा मनोरञ्जक एवं अत्यन्त हृदयस्पर्शी कुरा गर्छन्।
Creativity expert Sir Ken Robinson challenges the way we're educating our children. He champions a radical rethink of our school systems, to cultivate creativity and acknowledge multiple types of intelligence. Full bio »
Translated into Nepali by Anantha Swami
Comments? Please email the translators above.
16:48 Posted: May 2010
Views 4,094,469 | Comments 1104
19:28 Posted: Feb 2009
Views 5,335,143 | Comments 1184
09:18 Posted: Dec 2007
Views 1,882,422 | Comments 307
Just follow the guidelines outlined under our Creative Commons license.
This comment will be attributed to . Not ? Sign Out.