सन् १९९५ तिर हो, म कलेज पढ्थे, म र मेरी एउटी साथी घुम्न निस्कियौँ प्रोभिडेन्स, रोड आइल्यान्ड बाट पोर्टल्यान्ड, ओरेगनसम्म। अनि छ नि, हामी ठिटै थियौँ र बेरोजगार पनि त्यही भएर हामी पछाडि पछाडिको बाटो मात्र गयौँ राष्ट्रिय निकुन्ज र जङ्गल भएर-- खासमा सबभन्दा लामो बाटो जानुथियो। अनि साउथ डकोटाको बिचतिर कतै , म उ तिर फर्के र एउटा प्रश्न सोधेँ जसले मलाइ पिरोलिरहेको थियो २००० माइलसम्म। र मैले यस्तै,"के भने यो सबै चिह्न हामीले देखिराछौ नि सबैमा चाइनिज अक्षर छ" उसले फर्केर एकछिन मलाई हेरी, अगाडिको लहरमा एक जना सज्जन हुनुहुन्छ जसले उसको हेराइको दुरुस्तै नक्कल पार्नुभो। हाँसो र मैले यस्तै, "के भने यो सबै चिह्न हामीले देखिराछौ नि सबैमा चाइनिज अक्षर छ" उसले फर्केर एकछिन मलाई हेरी, अनी मुर्च्छा परेर हाँसी, किन्भने उसले भर्खर बुझेकी थिइ मैले के बारे कुरा गर्दै छु। मैले कुरा गरेको चिज चाँही यो हो। (हाँसो) ल हेर्नुस्, पिक्निक एरियाको लागि चाइनिज अक्षर।
मेरो जीवनका गएका ५ बर्ष बिते सोचेर परिस्थिति बारे जुन ठ्याक्कै यस्तै हुन्छन-- किन हामी कहिलेकाँही हाम्रै वरिपरिका सङ्केतहरु बुझ्न सक्दैनौ, सङ्केतहरु बुझ्न सक्दैनौ, अनी त्यस्तो बेलामा कसो गर्छौ र यो सबले मानव प्रब्रितिका बारे के बताउँछ त? अर्को शब्दमा, क्रिस भन्छ कि, मैले बितेका पाँच बर्ष गलत हुने बारेमै सोचेर बसेँ। तपाईंहरुलाई यो कस्तो जागिर हो'रछ भन्ने लाग्ला तर यसको पनि एउटा फाईदा छ: जागिर पाउन प्रतिस्पर्धा गर्नै परेन। (हाँसो ) वास्तवमा, हामी सबैजसो सक्नेजती गर्न पछी पर्दैनौ, गलत भएको नसोचियोस भनेर अझ कम्तिमा त्यस्तो त सोच्दै सोच्दैनौँ जहाँ आँफै गलत देखियोस। हामीमा यो जरैदेखी छ जबकी हामी भन्न सक्छौ यो कोठामा भएका सबै गल्ती गर्न सक्छन। मानव जातिनै, समग्रमा,गल्तीरहित छैन, ठीक छ?
तर यही कुरा जब म माथि आइपुग्छ, मेरा विश्वास माथि, अहिलेनै तत्काल, क्षणभरमा "गल्ती सबैबाट हुन्छ" भन्ने आदर्श झ्यालबाट कुलेलम ठोक्छ-- अनी म केही पनि सोच्न सक्दिन जहाँ म गलत हुन्छु। र कुरा के भने हामी जिउने नै वर्तमानमा हो। हामी वर्तमानमा नै बैठकमा जान्छौँ छुट्टी मनाउछौँ वर्तमानमा, हामी चुनावमा गएर भोट हाल्छौँ वर्तमानमा । खासमा, हाम्रो जीवनयात्रा यसरी टुङ्गिन्छ कि, एउटा सानो पानीफोकाजस्तोमा फँसेर जहाँ हरकुरा सही हो जस्तो लाग्छ।
मेरो विचारमा यही नै समस्या हो। मलाई लाग्छ, यो हामी हरेक व्यक्तीको समस्या हो, व्यक्तिगत र व्यवसायिक दुवैतिर, र यो सबैको सामुहिक समस्या हो जो सन्स्क्रिती जस्तो बन्दैछ। त्यसैले आज म के गर्न चाहन्छु भने, सबैभन्दा पहिले, केही कुरा गर्छु किन यो आँफै ठीक भन्ने भावना भित्रैबाट बिकास हुन्छ त । अनी दोस्रो कुरा यो कसरी समस्या हो। अन्त्यमा म विश्वास दिलाउन चाहन्छु, यो भ्रमबाट उम्किन सकिन्छ, उम्किन सकिन्छ, र यदी तपाईं यसमा सफल हुनुभयो भने यो एउटा ठुलो नैतीक, बौद्धिक र रचनात्मक छलाङ हुनेछ जीवनकै।
त हामी किन यो आफु ठीक भन्ने भ्रममा परीरहन्छौँ? एउटा कारण त गलत भइयो कि भन्नेसँग सम्बन्धित छ ल म तपाईंहरुलाई सोध्छु है त -- ल ल म सोध्दै छु किनकी तपाईंहरु यहाँ हुनुहुन्छ: कस्तो अनुभव हुन्छ भित्रैदेखी भन्न्नुस् है आफु गलत भएको पाउँदा ? खत्तम, मरेकै जुनी, थम्ब्स डाउन लाजमर्दो। ल, राम्रो, अती राम्रो। खत्तम, लाजमर्दो थम्ब्सडाउन-- धन्यबाद उत्क्रिष्ठ जवाफको लागि। तर यिनिहरु त अर्कै प्रश्नका उत्तर हुन नि। तपाईंहरुले दिएको जवाफ त यस्तो प्रश्नको हो: आफु गलत भएको थाहा पाउँदा कस्तो महसुस हुन्छ? (हाँसो) आफु गलत भएको थाहा पाउँदा त्यस्तै वा त्यो भन्दा पनि अझै नराम्रो लाग्छ नि है। मलाई त लाग्छ यो विध्वंसक पनि हुन सक्छ या लुकेका कुराहरु बाहिर ल्याउने, यो रमाइलो पनि हुन सक्छ, जस्तै मेरो चाइनिज अक्षरको बुझाई। तर गलत हुँदैमा केही भईहाल्ने होइन
म तपाईंलाई तुलना गरेर देखाउँछु। तपाईंहरु लुनी टुन(Loony tune) भन्ने कार्टून सम्झिनुहुन्छ नि त्यहाँ एउटा दयालाग्दो कायोटी(ब्वाँसो जस्तो जनावर)हुन्छ जसले रोडरनर चरा खेदिरहन्छ तर भेट्दैन। यो कार्टूनको हरेकजसो भागमा, जब कायोटीले रोडरनर चरा लखेटिरहन्छ एउटा यस्तो बेला आउँछ चरा भिरमा दौडिन्छ यो त ठिकै छ,चरा हो उड्छ। तर कुरा के भने कायोटी पनि पछी लागेर भिरमा दौडिन जान्छ। रमाइलो कुरा -- हामी छ वर्षको बच्चा हुँदा-- कायोटिले जे गर्यो ठिकै गर्यो। उ दौडिरह्यो तर जब उसले यसो हेर्छ त आफु त हावामा। बल्ल थाहा हुन्छ की आफु त हावामा अनी त उ खस्छ। हामी पनि जब कुनै कुरामा भ्रमित हुन्छौँ-- वास्तविकताथाहा हुनु भन्दा पहिला -- हाम्रो हाल पनि कायोटीको जस्तै हो जुन भिरबाट खसिसकेको हुन्छ तर तल हेरेको हुँदैन। हामी पहिले नै गलत(भ्रमित) भईसकेका हुन्छौँ, समस्या परीसक्छ तैपनी आफुलाई त आफ्नो आधार मजबुत नै छ जस्तो लाग्छ। त्यसैले मैले केही छिन अघी गरेको कुरा सच्याउन चाहन्छु। आफु गलत(भ्रमित) भएको खासमा एकदम सही भएजस्तो पो लाग्दोरैछ।
त्यसैले यो एउटा कारण हो, संरचनात्मक कारण किन हामी भित्रैदेखी यस्तो सच्चाइ बोक्छौ भन्ने। मैले यसलाई गल्तीद्रिष्टीदोष(error blindness) भन्छु. धेरैजसो समय हामीमा यस्तो आन्तरिक क्षमताको कमी हुन्छ जसले हामी कुनै कुराबारे भ्रमित छौ भनोस जब धेरै ढिलो भईसकेको हुँदैन। एउटा अर्को कारण पनि छ जसले गर्दा यस्तो सोचाइ हुन्छ-- जुन साँस्कृतिक हो. प्राथमिक स्कुलको कुरा सोचौँ तपाईं क्लासमा बसिरहनुभएको छ अनी शिक्षकले प्रश्नोत्तर कपी फिर्ता गर्दै हुनुहुन्छ कसैको चाँही यस्तो रहेछ रे। मेरो होइन है यो। (हाँसो) र तपाईं ग्र्याजुएट स्कुलमा(क्याम्पस)मा हुँदा, तपाईंलाई थाहा हुन्छ यो कस्तो बच्चाको कपी हो भनेर। बच्चाको कपी हो भनेर। यो पक्कै मुर्ख स्वाँठ हुनुपर्छ, दु:खमात्र दिने, जुन होमवोर्क गर्दैन। अनी तपाईं ९ बर्षको हुँदा, तपाईंलाई थाहा भईसक्छ पहिलो-- जो कामकुरा राम्ररी सक्दैनन तिनिहरु अल्छी,गैरजिम्मेवार वा मन्दबुद्धी हुन र दोस्रो, जीवनमा सफल हुनको लागि कहिले गल्ती गर्नु हुँदैन।
हामीले यि नमिठा पाठ्हरु मज्जाले सिक्छौँ । अनी हामीमध्ये धेरै-- अनुमान गरौँ, विशेषत यहाँ भएका धेरै-- यि कुरालाई व्यवहारमा लान्छौँ एउटा पुरा पहिलो वर्गको(A-grade) विध्यार्थी भएर निपुण र उच्चकोटिको। हो? श्री अर्थ प्रशासक, अन्तरिक्षविज्ञ, द्रुतम्यारथनधावक आदी। (हाँसो) तपाईंहरु सबै अर्थ प्रशासक, अन्तरिक्षविज्ञ द्रुतम्यारथनधावक बन्नुहुन्छ, यो त देखिहालिन्छ नि हैन त। ल ठीक छ । त्यो जेसुकै भए पनि रिसउठ्दो के हुन्छ भने कतै हामी गलत वा भ्रमित भईरहेको त छैनौँ भन्ने सम्भावना। यो कुराको अनुसार त कतै गलत देखिनुमा हामीमा नै केही गडबड छ भन्छ त्यसैले त हामी आफु सही भएकोमा जोडमात्र दिन्छौँ, जसले आफुलाई तिक्ष्ण र समझदार अनी नैतीक र सुरक्षित देखाओस।
अब म एउटा कथा सुनाउँछु. २-३ बर्ष जती पहिले एउटी महिला बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरमा सर्जरी गराउन आइन। बेथ इज्रायल बोस्टोनमा पर्छ। यो हावर्डको शिक्षण अस्पताल हो-- देशको एउटा राम्रो अस्पताल। अँ, उनी आइन अनी उनलाई अपरेसन कोठामा लगियो। बेहोस पारीयो अनी डाक्टरले आफ्नो काम गरे-- पुन घाऊ बन्द गरेर आराम गर्न पठाइयो। अहिलेसम्म सबै ठिकै जस्तै थियो। तर जब उनी बिउँझेर यसो हेर्छिन त "लौ किन यो गलत भागमा पट्टी बाँधेको?" उनी कराइन। उनको गलत अंगको सर्जरी भएको थियो। डाक्टरले त ठुलो अपरेसन देब्रे गोडामा गरेछन जबकी समस्या दाहिनेमा थियो। बेथ इजरायलका स्वास्थ्यसेवा गुणस्तरका उपप्रमुखले यो घटनालाई व्यक्त गर्दा केही रोचक बनाएर भने। उनले भने' जे कारणले भएपनी, डाक्टरलाई लाग्यो कि, उनी बिरामीको सही साइडमा छन।" (हाँसो) यो कथाको मुख्य सार के भने बढी विश्वास त्यस्तो सोचाइमा जुनले आफु सही भन्छ घातक पनि हुन सक्छ।
यस्तो सच्चाइको जुन भित्री अनुभव हामीले धेरैजसो गर्छौँ, जो भरपर्दो पथप्रदर्शक बन्ने कमै सम्भावना हुन्छ बाहिरी दुनिँयाको। जब हामी यस्तै गर्दै जान्छौ, आफु गलत हुनसक्ने सम्भावना पनि बिर्सिदिन्छौँ, अनि यस्ता काम गर्छौँ जस्तै २०० मिलिअन ग्यालन तेल मेक्सिको खाडीमा पोख्ने अथवा विश्व अर्थतन्त्र ध्वस्त पार्ने। त्यसैले त यो ठुलो व्यवहारिक समस्या हो। तर यो ठुलो सामाजिक समस्या पनि हो।
एक छिन सोचौँ त सही हुनु भनेको के हो। यो भनेको जे तपाईँ विश्वास गर्नुहुन्छ त्यो नै पुर्ण सच्चाइ हो। अनि जहिले तपाईँ त्यसरी सोच्नुहुन्छ, तपाईँमाथि समस्या आइलाग्छ, के भने, तपाईँले ती सबैलाइ के भन्ने जो तपाईँले भन्ने कुरामा सहमत छैनन्। यस्तो देखिन्छ कि, हामीमध्ये धेरै त्यही एउटै तरिकाले भन्न खोज्छौँ, श्रीङ्खलाका श्रीङ्खला तिनै बासी,अभागी मान्यताहरु पेलेर। कसैले हाम्रो कुरा नपत्याए पहिले हामी के गर्छौँ भने, हामी तिनीहरुलाइ बेमतलबी ठान्छौँ। तिनिहरुसँग त्यो सुचना पहुँच छैन जो हामीसँग छ, हामीले उनिहरुलाई त्यो सुचना दया गरेर दिन्छौ, अब त उनिहरु पनि ज्ञानले प्रदिप्त भइहाले अनी हाम्रै टिम। जब काम यसरी पनि बन्दैन तिनीहरुसँग ती सबै तथ्य छन जुन हामीसँग छन् र पनि हामीसँग असहमत हुन्छन, अब हाम्रो दोस्रो मान्यता आउँछ, तिनिहरु मुर्ख छन। (हाँसो) तिनिहरु पहेली(पजल)का सबै टुक्रा छन, त्यैपनी तिनिहरु यती मुर्ख छनकी मिलाएर राख्न पनि सक्दैनन। यो तरिकाले पनि काम नगरेपछी, हामीसँग असहमतहरुसँग यस्ता निस्किन्छन कि तिनिहरु हामीले जानेजती सबै तथ्यसँग परीचित छन, अनी वास्तवमै चलाख छन, अब तेस्रो मान्यताको पालो: तिनिहरु सत्य जान्दछन्, र तिनिहरुले जानिजानि यसलाइ बङ्गयाइरहेछन किनकि यसले तिनिहरुको तुच्छ स्वार्थ पुरा हुन्छ। यो नै दु्र्घटना हो।
यो आफ्नो सच्चाइ प्रतिको लगावले हामीलाइ गल्ती गर्नबाट बचाउँछ जब हामीलाइ आवश्यक हुन्छ र एकापसमा नराम्रो ल्याइदिन्छ। तर मेरोलागि, सबभन्दा अनौठो र दुखलाग्दो कुरा यो बारे के भने यसरी त मान्छे हुनुको जुन सार छ नि त्यो नै हराउँछ। यो यस्तो सोचाइ हो कि हाम्रो मस्तिष्क पुरा पारदर्शी झ्याल जस्तो हो अनि हामी त्यसबाट हेर्छौँ र भन्छौ संसार त यस्तो छ। हामी चाहन्छौ सबैजना त्यही एउटै झ्यालबाट हेरुन् अनि ठ्याक्कै त्यस्तै देखुन् । यो ठिक होइन, र यदि यस्तै भइहाले, जिन्दगी अति दिक्कलाग्दो हुन्छ। मस्तिष्कको शक्त्ति यो होइन कि तपाईँ संसार यो जस्तो छ त्यस्तै देख्ने। यो त तपाईँले यस्तो संसार देख्नु हो जुन छैन। हामी विगत सम्झिन सक्छौँ, र भविष्य सोच्न पनि, अनि यस्तो पनि सोच्न सक्छौ आफु कुनै अर्कै ठाउँमा अर्कै मानिस भएको। हामी सबै यस्तो गर्छौँ अलिअलि फरक होला, किनभने हामी सबैले राति एउटै आकाश देख्छौँ, यो देख्छौँ, त्यो देख्छौँ, अरु के के देख्छौँ। अनि, यस्तरी नै हामी गलत पनि हुन्छौँ।
१२०० वर्ष पहिले डेस्कार्टसले एउटा प्रख्यात कुरा भने "मैले सोच्छु र त म छु।" यी व्यक्ति, सन्त अगस्तिन, बसे र लेखे "फेलर इर्गो सम (Fallor ergo sum) -- "म गल्ति गर्छु र म भएको छु।" अगस्तिनले बुझे हाम्रो यो गडबड गर्ने क्षमता, कुनै डराउनुपर्ने रोग या दोष होइन मानविय प्रणालीको, यसलाइ त हामीले हटाउन या जित्न सक्छौँ। यो त हामी आफु मान्छे हुनुको आधारभुत कुरा हो। किनभने, भगवान जस्तो, हामीलाइ कुनबेला के हुन्छ भन्ने थाहा हुदैँन। अनि फेरि अरु जनावर जस्तो नभइ, हामी त यस्तै कुरा थाहा पाउन लागिपर्छौँ। मेरो लागि, यो नशा नै स्रोत र मुल हो जस्तो लाग्छ हाम्रो उत्पादकत्व र रचनात्मक खुबिको।
गत वर्ष, विभिन्न कारणले गर्दा मैले धेरै भागहरु सुन्न पुगेँ "यो अमेरिकी जिवन (This Americal Life)" भन्ने रेडियो कार्यक्रमको। मेैले सुन्दै जाँदा,सुन्दै जाँदा, एउटा विन्दुमा पुगेपछि, मलाई के लाग्यो भने सबैजसो कथाहरु त गलत वा भ्रमित हुने बारे नै थिए। अनि मैले पहिले के सोचेँ भने, म गएँ, हराएँ। म सनकी गलत गलत भन्ने भएँ। मैले जता पनि यहि देख्न थाले। र जुन भयो। केही महिना पछि मलाइ इरा ग्लासको अन्तरवार्ता लिने मौका मिल्यो, जसले त्यो कार्यक्रम चलाउँथे। मैले यो कुरा उनलाइ राखेँ, अनि उनले भने, " कुरा यस्तो होइन। वास्तवमा के भने हामी स्टाफले के मजाक गर्थ्यौ भने हाम्रो कार्यक्रमको हरेक भागमा एउटैजस्तो मुख्य कुरा हुन्छ। त्यो के भने: 'मैले यस्तो होला भनेर सोचेको थिएँ तर अर्कै पो भइदियो।' र कुरा के भने," इरा ग्लासले भने," तर चाहेको त पहिलेकै हो। हामी ती क्षणहरु चाहन्छौँ जुन आश्चर्य र पुनरावृत्ति र गलती र यस्तै कुराहरुले कथा बन्छन।" रह्यो बाँकी कुरा,दर्शकहरु, श्रोताहरु, पाठकहरु, समग्रमा हामी सबैले यस्ता कथा मज्जाले पचाइदिन्छौँ। हामीलाई कथावस्तुमा नयाँनयाँ मोड भएको मन पर्छ अनि रेड हेरिङ(महत्वपुर्ण कुराबाट ध्यान मोड्ने साहित्यिक कला) र चमत्कारिक अन्त्य। अब हाम्रो कथामा आइपुग्दा, हामी गल्ती भए पनि हुन्छ।
तर, के छ भने, हाम्रा कथा पनि यस्तै हुन्छन किनभने हामी त्यसरी नै जिउँछौँ। हामीले एकथरी कुरा होला भनेर सोच्यो अर्कैअर्कै भइदिन्छ। जर्ज बुसले सोच्थे होला इराकमा आक्रमण गरेपछि आम विध्वंशक हतियारहरु भेटिन्छन, जनता मुक्त हुनेछन र मध्यपुर्वमा प्रजातन्त्र आउनेछ। कुरा भइदियो अर्कै। अनि होस्नी मुबारकले पनि सोच्थे होला बाचुँन्जेल इजिप्टको शासन आफ्नै कब्जामा हु्न्छ, बिरामी भए वा अति बुढो भएदेखि छोराहरुलाई सत्तामा लैजाउँला। फेरि कुरा भइदियो अर्कै। कहिलेकँही तपाईँ पनि सोच्नुहुन्छ होला युवा भएपछि हाइस्कुलकै मायालुसँग बिहे गरेर आफ्नै सहरमा फर्केर केटाकेटी हुर्काउँछु भनेर। र हुन्छ अरु नै केहि। अनि मैले भन्नु पर्ने हुन्छ मेरो यस्तो सोचाइ थियो कि एउटा अति दिक्कलाग्दो किताब लेख्ने त्यो पनि कसैलाइ मन नपर्ने विषयमा यस्ता व्यक्त्तिको लागि जसलाइ भेट्नै मुस्किल छ। यहाँ पनि भइदियो अर्कै।
मेरो मतलब, यो मेरो जिन्दगि। असल र खराब दुबैको लागि, हामीले यस्तै ठुला कथा बनाइदिन्छौँ हाम्रै वरिपरिको संसारकै बारेमा, अनि के हुन्छ त भन्दा संसार उल्टो गइदिन्छ सबैलाई अचम्म पारेर। नराम्रो नमान्नुहोला, यो पुरै सभा एउटा स्मारक जस्तो हुनेछ जसले हाम्रो गल्ती गर्ने खुबी सम्झाउँछ। हामी हप्तौँ बिताउछौँ कुरा गरेर आविष्कारहरु, प्रगति र सुधारहरुबारे, तर तपाईँलाई थाहा छ हामीलाई यी सबै आविष्कारहरु विकास र सुधारहरु किन चाहियो त? किनभन्दा आधाभन्दा बढिजसो यस्ता सनसनिपुर्ण र संसार हल्लाउने-- TED १९९८-- ल हाँसो कुराहरुले ठ्याक्क भनेजसरी काम गर्दैनन्। हाँसो मेरो जेटप्याक कहाँ छ, क्रिस?
र हामी फेरि यहाँ छौँ। र यसरी नै चल्दैजान्छ। हामी नयाँनयाँ सोच लिएर आउँछौ। हामी अर्को कथा भन्छौँ। अर्को सम्मेलन गर्छौँ। अनि यसको मुल कुरा यो हुन्छ, तपाईहरुले ७०लाख पटक सुनिसक्नु भाको छ, आश्चर्यहरु फेरि फेरि भेटिइरहन्छन। अनि मेरो लागि यदि तपाईँहरु पनि यसरी नै आश्चर्य खोजि गर्न चाहनुहुन्छ भने, तपाईँ बाहिर निस्कनुपर्ने हुन्छ त्यो सानो, डरलाग्दो आफनो सत्यताको घेरोबाट र हेर्नुपर्छ वरिपरि एकआपसमा र हेर्नुपर्छ त्यो बृहतता जटिलता र तिलस्मिपन ब्रह्मान्डको अनि भन्न सक्नुपर्छ, "ओहो, मलाई पनि नआउन सक्छ। म पनि गलत हुन सक्छु।"
You can share this video by copying this HTML to your clipboard and pasting into your blog or web page. This video will play with subtitles.
You either have JavaScript turned off or have an old version of the Adobe Flash Player. To view this rating widget you
need to get the latest Flash player.
If your browser allows only "trusted sites" to execute Javascript, you should add the "googleapis.com" domain to your whitelist to allow our Flash detection to work properly.
Got an idea, question, or debate inspired by this talk? Start a TED Conversation.
हामीमध्ये धेरैजसो आफुँ गलत नदेखिन जे गर्न पनि पछि पर्दैनौँ। तर हाम्रो यो सोचाइ नै गलत छ भने?"गल्तीविद" क्याथरिन स्कल्ज यस्तो कुरा गर्छिन कि जसले हाम्रा गल्तीलाइ स्विकार गर्ने मात्र होइन कि हृदयबाटै लिन बाध्य गराउँछ।
Kathryn Schulz is the author of "Being Wrong: Adventures in the Margin of Error," and writes "The Wrong Stuff," a Slate series featuring interviews with high-profile people about how they think and feel about being wrong. Full bio »
Translated into Nepali by Bibek Bhusal
Reviewed by Kshitij Prasai
Comments? Please email the translators above.
03:30 Posted: Dec 2006
Views 4,321,793 | Comments 370
19:01 Posted: Jun 2010
Views 970,469 | Comments 826
Just follow the guidelines outlined under our Creative Commons license.
This comment will be attributed to . Not ? Sign Out.