म आज बोल्न चाहान्छु त्यो कुरा जुन मलाइ लाग्छ एक महत्तम साहसिक कार्य हो जुन मनुष्यहरुले प्रारम्भन गरेकाछन्, ब्रह्माण्ड बुझ्ने अन्वेषण तथा ब्रह्माण्डमा हाम्रो स्थान । यो विषयमा मेरो आफ्नो रुचि, एवं मेरो अनुरस चाँहि अकस्मात आरम्भ भयो । मैले यो पुस्तको एक प्रति किनेको थिएँ "ब्रह्माण्ड तथा विद्वान् आइन्स्टाइन्" — सिएटल्को पूर्व प्रयुक्त पुस्तकापणमा किनिएको एक प्रयुक्त पत्रावरणबद्ध पुस्तक केहि वर्ष पछि, बॆंगळूरु नगरमा मलाइ निद्रा लाग्न गाह्रो भिइ रहेको थियो, र मैले यो पुस्तक पढ्न थाले किनकी यस्ले मलाइ १० मिनेट् मै निद्रामा पुर्याउँछ भनेर। तर के भयो भन्दा, मैले यो पुस्तक मध्यरात देखि बिहानको पाँच बजे सम्म लगातार पढेर एक पटक मै सकेँ । अनि ममा यो तीव्र भावना आयो सश्रद्ध उत्तेजना तथा आनन्दको भावना ब्रह्माण्डका निम्ति र हाम्रो बुझ्ने क्षमता का निम्ति । र आज सम्म पनि मलाइ त्यो भावनाले छोडेको छैन ।
त्यो भावना नै थियो मेरा निम्ति आरम्भक जसले गर्दा मैले आफ्नो पेशा परिवर्तन गरेँ-- प्रक्रियासामग्री अभियन्त्रक बाट विज्ञान लेखक-- यस अर्थले की म विज्ञानको हर्षमा सम्मिलित हुनसकु र अरुलाइ सम्प्रेषण गर्नुको हर्ष । एवं त्यो भावनाले मलाई तीर्थयात्रा झै पृथिवीका स्वरुपतया शेषहरुमा लग्यो हेर्न ती दूरदर्शकहरु, संसूचकहरु, उपकरणहरु जुन मनुष्यहरु निर्माण गरेँ अथवा गर्दैछन् यस अर्थ की हाम्ले विश्वब्रह्माण्डलाई अनुसन्धान गर्न उच्चतर तथा उच्चतर विस्तारमा । चिलीदेश आदि स्थान देखि-- चिलीदेशको आटाकामा मरुभूमिदेखि -- साइबेरिया सम्म, भूमिगत खानिहरु सम्म, जापानी एल्पस् पर्वतमालामा, उत्तरी अमेरिकामा, देखि अण्टार्क्टिकासम्मै र दक्षिण ध्रुवमा पनि ।
र आज म तपाँइँहरुको समक्ष बाँड्न चाहाँन्छु केहि छायाचित्रहरु, केहि कथाहरु यस यात्राका मूलतः मैले गएका केहि वर्षहरु यी प्रयासहरुलाइ प्रलेखन गरेँ ती अति वीर पुरुष स्रीहरुको जो यी प्रयासहरुका निमित्त साँच्चै नै कुनै कालला, आफ्नो प्राण कै बाजि राख्छन् अति दूरस्थ तथा अति शत्रुतापूर्ण स्थानमा कर्म गर्छन् यस प्रयोजनका निम्ति की तिनीहरुले ब्रह्माण्डबाट आएको मधुरो सङ्केतलाइ सङ्ग्रह गर्न सकुन हामलाइ ब्रह्माण्ड बुझ्नका निम्ति ।
सर्वप्रथम म एक वृत्तखण्ड रेखाचित्रबाट। र म प्रतिज्ञा गर्छु की यो एक मात्र वृत्तखण्ड रेखाचित्र हुनेछ यो सम्पूर्ण प्रस्तुति भरि । किन्तु यसले ब्रह्माण्डबारे रहेको हाम्रो ज्ञानको अवस्था दर्शाउँछ । हामी सँग आज भौतिकशास्त्रमा भएका समस्त सिद्धान्तहरुले सामान्य पदार्थलाई यथायोग्य सँग अन्वाख्यान गर्छ -- जुन सामग्रीले हामी बनेका छम् -- त्यो ब्रह्माण्डको चार प्रतिशत मात्रै हो । खगोलज्ञहरु तथा ब्रह्माणडज्ञहरु तथा भौतिकज्ञहरु सोच्छन की की त्यहाँ ब्रह्माणडमा तमो पदार्थ नामक केहि छ जस्ले ब्रह्माण्डको २३ प्रतिशत बनाँउछ, र केहि जस्को नाम तमो ऊर्जा हो, जो दिक्-कालको वस्त्रमा विस्तारित हुन्छ, जस्ले अर्को ७३ प्रतिशत बनाँउछ। त्यसैले, यदि तपाँइँ यो वृत्तखण्ड रेखाचित्रमा हर्नुभयो भने, ९६ प्रतिशत ब्रह्माण्ड, यो अन्वेषणकालमा हाम्रा निम्ति, अज्ञात छ अथवा हामी बुझेकै छैनौँ। र अधिकतम प्रयोगहरुमा, मैले जुन दूरदर्शक हेर्न गएँ तीनीहरुले कुनै रूपमा यो प्रश्न सम्बोधन गर्दै छन्, यी द्वि रहस्यहरु, तमो पदार्थ तथा तमो ऊर्जाको।
म प्रथम त तपाँइँहरुलाई एक भूमिगत खानिमा उत्तरी मिनेसोटा (संयुक्त राज्य अमेरिकाको उत्तरी केन्द्रीय राज्य) मा जनहरु हर्दैछन् तमो पदार्थ नामक केहि तत्त्व। र युक्ति यहाँ के भन्दा, सङ्केतहरु अन्वेषण गरिदैँछ की तमो पदार्थ कणले यिनीहरुको संसूचकमा दिएको ठक्करको सङ्केत। भूमिगत हुनुपर्ने कारणमा चाँहि, यदि तपाँइँले यो प्रयोग भूमण्डलको सतहमा गर्नुभयो भने त्यहि प्रयोग सङ्केतहरुले आप्लावित हुनेछ जसको कारण ब्रह्माण्डीय किरण हिन्छन्, व्यापक विकिरण सक्रियता, र हाम्रै शरीर पनि। तपाँइँलाइ विश्वास न लाग्गला, तर हाम्रै देह पनि यो प्रयोगलाइ भङ्ग गर्न यथेष्ट विकिरणसक्रिय छ। त्यसैले तिनीहरु गभीर खानिहरु भित्र जान्छन् प्राप्त गर्न त्यस्तो वातावरणीय शान्ति जस्ले तीनलाइ सुन्न दिन्छ तमो पदार्थले तिनको संसूचकमा गरेको त्यो सानो ठक्कर।
अनि म यी प्रयोगहरु हेर्न गएँ, तथा सत्यता के हो भने-- तपाँइँले केवल केहि मात्र देख्न सक्नुहुन्छ, र सत्यता के हो भने-- तपाँइँले केवल अलि अलि मात्र देख्न सक्नुहुन्छ, यो एक गुहा(गुफा) हो जुन आखनिकहरुले छोडेका थिए उनीहरुले यो खानि सन् १९६० मा छोडेका हुन् । अनि भौतिकशास्रीहरुले आए र प्रयोग प्रारम्भ गरेँ १९८०को दशकको कुनै कालमा। एवं गएको शताब्दीको प्राथमिक कालमा आखनिकहरु यहाँ कर्म गर्दा स्वरुपतया नै मैनबत्तीमा काम गर्थे । र आज, तपाँइँ देख्नु हुन्छ यस्तो, खानि भित्र, आधि माइल भूमि भित्र। यो संसारकै बृहत्तम भूमिगत प्रयोगशाला हो । र, धेरै कुरा मध्ये, यिनीहुर तमो पदार्थको अन्वेषण गर्दै छन् ।
तमो पदार्थलाइ अन्वेषण गर्ने अन्य मार्ग पनि छ, परोक्ष रूपले, यदि हाम्रो ब्रह्माण्डमा तमो पदार्थ छन् भने, हाम्रो तारापुञ्जमा, यी पदार्थहरु एकत्र चूर्णीत भएर, अरु हामिलाई जानकारी भएको पदार्थ उत्पादन गर्नुपर्छ -- ती मध्येको एक हुन क्लीवाणुकहरु । अनि क्लीवाणुकहरु चाँहि पता लगाउँने तिनीहरुले छोडेको स्वसङ्केतको द्वारा हो जब तिनीहरुले जलाणुमा ठक्कर दिन्छन् । जब एक क्लीवाणुले एक जलाणुलाई ठक्कर दिन्छ तब एक प्रकारको नील प्रकाशको उत्सर्जन हुन्छ, नीलवर्ण प्रकाशको एक दीप्ति, र यही नील प्रकाश हेरेर, हामी बुझ्न सक्छौँ मूलतः क्लीवाणुहरुको विषयमा केहि अनि, परोक्षरूपमा तमो पदार्थको विषयमा पनि केहि जस्ले क्वीवाणु उत्पादन गरेको हुनसक्छ। परन्तु, अति अति बृहत् परिमाणमा पानी चाँहिन्छ यो गर्नाका निमित्त । दशौ मेगाटन् जल -- लग्भग गिगाटन् जस्ति जल-- क्लीवाणु भेट्ने सम्भावनाका निम्ति । अनि संसारमा कहाँ तेती पानी पाइन्छ त ? शुभम्, रूसीहरु सँग तेस्तो टङ्की त पछाडि आँगन् मै छ ।
त्यो हो जलाशय बाइकाल । संसारको बृहत्तम ताल हो यो । ८०० किलोमिटर् लामो । ४० देखि ५० किलोमिटर् चौडाई भएको अधिकतम स्थानहरुमा, एक देखि द्वि किलोमिटर् गभीर । अनि रूसीहरुले के गर्दै छन् भने तिनीहरुले यी संसूचकहरु निर्माण गर्दै छन् र जलाशयको सतह भन्दा एक किलोमिटर् जति तल, डुबाउँदै छन् ती संसूचकहरुलाई यस प्रयोजनले की तीनले ती नील प्रकाश दीप्तिहरु हेर्न सकुन । एवं यो चाँहि त्यो दृश्य यो जसले मलाई त्यहाँ स्वागत् गर्यो जब म त्यहाँ पुगेँ । त्यो हो बाइकाल ताल साइबेरियाली शीतकालको शिखरमा । यो जलाशय सम्पूर्णै जमेको छ । र त्यो कालो रेखाका बिन्दुहरु जुन तपाँइँ पृष्ठभूमिमा देख्न सक्नुहुन्छ, त्यो हिम्शिविर हुन् जाँहाँ भौतिकशास्री कर्म गर्दै छन् । शीतकालमै चाँहि किन काम गर्न पर्यो भन्दा किनकी तिनीहरु सँग ग्रीष्मकाल तथा वसन्त ऋतु मा कर्म गर्ने पैसा छैन, जुन, यदि तिनले गर्ने हो भने, तिनीहरुलाइ तिनको कर्म गर्न जलयान तथा अन्तःसागरीयानको आवश्यक पर्छ । त्यसैले तिनीहरु शीतकाल सम्म प्रतीक्षा गर्छन् -- जब जलाशय सम्पूर्णरूपे जमेको हुन्छ -- र तिनीहरुले यहि एक मिटर् बाक्लो हिम् को प्रयोग गर्छन् मञ्चको रूपमा जाँहाँ तिनीहरु आफ्नो शिविर स्थापित गर्छन् एवं स्वकर्म ।
अतएव, यी रूसीहरुले हिम्मा काम गर्दै छन् साइबेरियाली शीतकालको शिखरमा । तिनीहरुलाई हिम्मा विवर छिद्रण गर्नु पर्छ, अनि पानी भित्र डुबेर -- चिसो, शीत जल -- उपकरणको प्राप्त गर्न, माथी ल्याउँन, अनि पुनरूद्धार तथा रक्षण गर्न, जुन तिनीहरुले गर्नुपर्छ, पुनः स्व स्थानमा राख्न र बाहिर आँउन हिम् पग्लीनु पूर्व । किनकी त्यो ठोस हिम्को चरण द्विमास रहन्छ र चिराहरुले पूर्ण हुन्छ । एवं तपाँइँले कल्पना गर्न सक्नुहुन्छ होला, त्याँहाँ एक समुद्र-समान जलाशय तल चलन गर्दै छ । म अझै पनि बुझ्न सक्दीन यो रूसी पुरूष नग्न छाती लिएर कर्म गर्दै छ, किन्तु यसले यो व्यक्ति कति कठिन कर्म गर्दैछ भनेर जनाउँछ । र यी व्यक्तिहरु, अल्पसङ्ख्यक व्यक्तिहरु २० वर्ष देखि काम गर्दैछन्, अन्वेषण गर्दैछन् ती कणहरुको जस्को अस्तित्व सुनिश्चित छैन । र तिनीहरुले आफ्नो जीवन यो कर्मका निमित्त समर्पित गर्छन । तपाँइँलाइ एउटा चित्रण प्रस्तुत गर्न, तिनीहरुले २० मिलियन २० वर्ष भन्दा बढि । यो अत्यन्तै कठोर अवस्था हो । तीनीहरु अपर्याप्त आयव्ययकमा कर्म गर्छन् । यिनीहरुको शौचालय भनेकै भूमिमा भएको यो छिद्र हो ढाकिएको छ एक काष्ठनिर्मित प्रकोष्ठले । अनि त्यो त प्राथमिक, परन्तु तिनीहरु यो प्रति वर्ष गर्छन् ।
साइबेरिया देखि हेर्न ती अति विशाल दूरदर्शक नामक उपकरणहरु । अति विशाल दूरदर्शक यी यस्तो सामग्रीलाई खगोलज्ञहरु-- नामाकरण गर्दा अलि कल्पनाशीलता अभाव प्रदर्शन गर्छन् । म एक सत्य भन्न सक्छु, अर्को त्यो उपकरणको नाम बृहत् विशाल दूरदर्शक हुनेछ । (हास्य) अनि तपाँइँले विश्वास गर्नुहुन्नहोला, तर यीनले अर्को को नाम चरम बृहत् विशाल दूरदर्शक राख्नेछन् । अपितु, यो अभियान्त्रिकीको असाधारण रचना हो । यी चार ८.२ मिटर् दूरदर्शक हुन् । अनि दूरदर्शकहरु, अरु विभिन्न कुरा मध्ये, प्रयोग गरिदैछ अध्ययनका निमित्त की कसरी ब्रह्ममाण्डको विस्तारीता समयानुसार परिवर्तन हुदैछ । अनि जति धेरै बुझ्यो, त्यति नै धेरै बुझिन्छ की के हो तमो ऊर्जा -- जसबाट ब्रह्माण्ड बनेको छ -- आखिर के रहेछ त ।
अनि एक अभियान्त्रिकीको उपकरण जससँग म तपाँइँहरुलाई छोड्न चाँहान्छु यो दूरदर्शक सम्बन्धि चाँहि दर्पण हो । प्रत्येक दर्पण, त्याँहाँ चार वटा छन्, काचका एकै रचनांशले बनेका हुन्, एक उच्च प्रौद्योगि मृत्तिकाको एकीकृत रचनांश, जुनलाई चाँहि घोटेर तथा प्रमार्जक यस्तो परिशुद्धता प्राप्त गरिन्छ की यो बुझ्न उदाहरणका लागि पेरिस जस्तो नगरको लाई कल्पना गरौँ, जाँहाँ त्यसका सम्पूर्ण भवन तथा आईफेल अट्ट, यदि तपाँइँ पेरिस नगरलाई यसरी घोट्नु भयो की परिशुद्धता, यस्तो भयो की एक मिलिमिटर् उच्च पाहाड मात्र रहने छ । त्यस्तो प्रकारको प्रमार्जक खेपेका हुन्छन् यी दर्पणहरु ले । एक असाधारण दूरदर्शकको समुच्चय, याँहाँ छ अर्को दर्शन त्यहिको, यी दूरदर्शकहरु निर्माण गर्नुको कारण कारण की यस्ता स्थान जस्तै आटाकामा मरुभूमि किनकी यो उच्च तुङ्गता मरुभूमि हो । त्याँहाँको शुष्क वायु दूरदर्शका लागि अत्यन्तै राम्रो हुन्छ, अपितु, मेघावरण पनि पर्वत शिखर भन्दा तल हुन्छ जस्ले गर्दा दूरदर्शकलाई लग्भग् ३०० दिन जति स्पष्ट आकाश प्राप्त गर्छन् ।
परिशेषे, म तपाँइँहरुलाई अण्टार्क्टिका(पृथ्वीको दक्षिणतम महाद्वीप) मा लान चाँहाँन्छु । म मेरो अधिक समय भूमण्डको यो भागमा विताउँन चाँहाँन्छु । यो ब्रह्ममाण्डको सीमान्त हो । केहि अधिकतम अद्भुत प्रयोगहरु, केहि अधिकतम चरम प्रयोगहरु, अण्टार्क्टिकामा गरिदै छ । दीर्घावधि वायुकुम्भ(बेलुन्)को अपगम(उडान) हेर्न म त्याँहाँ पुगेको थिएँ, जसले मूलतः दूरदर्शक एवं उपकरणहरुलाई उच्चतर वायुमण्डल सम्म, उच्चतर समतापमण्डल, ४० किलोमिटर् माथि लैजान्छ । अनि त्याँहाँ जाँहाँ तिनीहरुले आफ्नो प्रयोगहरु गर्ने भनेको, अनि त्यसपछि त्यो वायुकुम्भ, नीतभारलाई तल ल्याईन्छ । र यो हामि हौँ अण्टार्क्टिकाको रस् नामक हिम् मञ्चमा । त्यो एक अमेरिकी सी-१७ नामक प्रभार विमान हो जस्ले हामिलाई न्यूजील्याण्ड्देशबाट अण्टार्क्टिकाको म्याक्मर्डोमा ल्याई पुर्यायो । अब हामि बस् चढ्न लाग्दैछौँ । र मलाई थाहा छैन यदि तपाँइँ अक्षर पढ्न सक्नुहुन्छ वा हुन्न, तर के लेखियो छ भने, "इवान, भयानक बस् ।" अनि यस्ले हामीलाई म्याक्मर्डो पुर्याउँने छ ।
एवं यो त्यो दृश्य हो जस्ले तपाँइँलाई म्याक्मोर्डोमा स्वागत् गर्नेछ । अनि तपाँइँले त्याँहाँ त्यो गाह्रो गरि देख्नुभएको चाँहि कुटी हो । कुटी जुन रोबर्ट् फाल्कन् स्कट् र उनका व्यक्तिहरुले निर्माण गरेको जब तिनीहरु प्रथम पटक अण्टार्क्टिका आएका थिए तिनीहरुको प्रथम दक्षिण ध्रुव अभियानका लागि । याँहाँ यति शीत(चिसो) छ कि, कुटीका सम्पूर्ण सामाग्रीहरु जस्तो छोडेको त्यस्तै छन्, यति सम्म की तिनीहरुले पकाएको खानाको अवशेष अझै त्याँहाँ छ । यो असाधारण स्थान हो । म्याक्मोर्डो नै यहि हो । याँहाँ ग्रीष्मकामला अनुमानित हजार जन कर्म गर्छन्, र अनुमाति २०० शीतकालमा जब याँहाँ सम्पूर्णै अन्धकारमय हुन्छ, छ मासको लागि ।
म याँहाँ आरम्भको लाई थिएँ एक यस्तै विशेष उपकरणको । यो एक अन्तरिक्ष किरण प्रयोग हो जुन उच्चतर समतापमण्डलमा आरम्भ गरियो ४० किलोमिटर्को तुङ्गतामा । म तपाँइँलाई के कल्पना गराउँन चाँहान्छु भने यो द्वि टन् भारको छ । अनि तपाँइँले एक वायुकुम्भ प्रयोग गर्दैहुनुहुन्छ द्वि सय किलोको भार बोक्न त्यो पनि ४० किलोमिटर्को तुङ्गता (उच्चाई) सम्म । एवं अभियन्त्रकहरु, प्रविधिज्ञहरु, भौतिकज्ञहरुले रस् हिम् मञ्चमा नै समुच्चयन गर्नु पर्छ, किनकी यो अण्टार्क्टिका -- म कारण सम्म जान्न किन -- तर यो वायुकुम्भ प्रारम्भ गर्ने अधितम अनुकूल स्थान हो, अपक्षयण(मौसम्) बाहेक । अपक्षयण, तपाँइँ कल्पना गर्न सक्नुहुन्छ, यो ग्रीष्म हो र तपाँइँ २०० फिट्को हिम्मा उभ्भिनु भइरहेहो छ । अनि पछाडि छ ज्वालामुखी, जस्को अति शिखरमा हिमनदिहरु छन् । अनि हामीगर्नु पर्ने हे हो भन्दा त्यो कुल वायुकुम्भलाई समुच्चयन गर्ने -- वस्त्र, अवतरण छत्र तथा सर्वसामाग्री -- हिम् मा र त्यसमा हीलियम् भर्ने । यो प्रक्रियालाई अनुमानित द्वि घण्टा लग्छ ।
र अपक्षयण कुनै बेला पनि हामीले समुच्चयन गर्दा गर्दै परिवर्तन हुनसक्छ । उदाहरणस्वरूप, याँहाँ तिनीहरु वायुकुम्भको वस्त्र तल राख्दै छन्, जस्मा अन्ततः हीलियम् भरिने छ । ति द्वि ट्रकहरु जुन तपाँइँ अति अन्तमा देख्दैहुनुहुन्छ तिनीहरुमध्ये एक एकैले १२ टङ्की सम्पीडित हीलियम् बोक्छन् । अब, यदि प्रारम्भ पूर्व अपक्षयण परिवर्तन भयो भने, तिनीहरुले साँच्चैनै सम्पूर्ण सामाग्रीहरु आफ्नो भाण्डहरुमा राख्नु पर्ने छ र म्याक्मोर्डो प्रेक्षणस्थलमा लानुपर्ने छ । यो विशेष वायुकुम्भ, किनकी यस्ले द्वि टन् भार प्रमोचन गर्नुपर्छ एक विशाल वायुकुम्भ हो । यो वस्त्रमात्रै भारमा द्वि टन् छ । भार घटाउँनका निम्ति, यो यति अतिकृश हुन्छ की खाना भेर्ने आवेष्टन जति कृश । र तिनीहरुले त्यस्लाई पुनः सवेष्टन गर्नुपर्नेछ । अनि भाण्डमा राख्नुपर्नेछ । अनि भाण्ड भित्र अटोस् भन्ने हेतुले त्यस माथि सम्पीडिन गर्नपर्नेछ -- अपवाद के छ भने, तिनीहरुले प्रथम पटक गर्दा, टेक्सस् राज्यमा गरेकाहुन्थे । याँहाँ, तिनीहरुले जुन प्रकारको जुत्तालाएका छन् त्यसले त्यो गर्न मिल्दैन, त्यसैले तिनीहरुले आफ्नो जुत्ता फुकाल्नु पर्छ, र भाण्डलाई नाङ्गो खुट्टाले थिच्चनुपर्छ यो शीतकालमा र त्यस्तो कर्म गर्छन् । त्यस्तो निष्ठा छ यी व्यक्तिहरुमा ।
याँहाँ वायुकुम्भ हीलियम् ले भरिँदैछ, र तपाँइँ देख्न सक्नु हुन्छ यो भव्य दृश्य छ । याँहाँ छ त्यो दृश्य जब वायुकुम्भ तथा भारयोग शेष-सरासरि छन् । अनि त्यो वायुकुम्भ वाम्-हस्त पक्षमा हीलियम्ले भरिदै छ, र त्यो वस्त्र साँच्चैनै मध्य भाग सम्म पुग्छ जाँहाँ वैद्युतुपकरणहरु तथा विस्फोटकहरु अवतरण छत्रमा जोडिदै छन्, तथा त्यो अवतरण-छत्र चाँहि भारयोगमा जोडिन्छ । अनि स्मरण रहोस्, यो सम्पूर्णै तार स्थापन गरिदैछ त्यस्तो चरम शीतमा उपशून्य तापमानमा, ती व्यक्तिहरुबाट । तिनीहरु आफै १५ किलो भारको परिधान लगाएका छन्, तर तिनीहरुलाई आफ्नो पञ्जा फुकालेर कर्म गर्नुपर्छ । र म तपाँइँहरु सँग एक प्रारम्भन बाँड्न चाहान्छु,
(चलदृश्ये) दूरश्रवण- हुन्छ, वायुकुम्भ मुक्त गर, कुम्भ मुक्त गर, कुम्भ मुक्त गर ।
अनिल अनाथस्वामि- परिशेषे म तपाँइँहरुलाई द्वि चित्रसँगै छोड्न चाहान्छु । यो भारतको लदाक् हिमाली क्षेत्रास्वथित एक वेधशाला हो । अनि एउटा कुरा म तपाँइँले हर्नुहोला की याँहाँ वामेतर हस्त पक्षमा एक दूरदर्शक । तथा दूर वामे त्याँहाँ एक ४०० वर्ष प्राचीन बौद्ध विहार छ । बौद्ध विहारको समीप दृश्य हो यो । म विस्मित भएँ यो सन्निधि देखेर सन्निधि ती मानवतासँग भएकस द्वि प्रकाण्ड विद्याहरु देखेर । एकले बाह्य विश्वब्रह्माण्ड समन्वेषण गर्दै छ, एवं अर्कोले हाम्रो भित्री स्वयमस्तित्व समन्वेषण गर्दै छ । र दुवैलाई आवश्यक छ शान्ति कुनै प्रकारको भए नी ।
अनि के ले विस्मित पार्यो भन्दा प्रत्येक स्थानहरु जाँहाँ म दूरदर्शकादि उपकरण हेर्न गएँ, खगोलज्ञहरु तथा ब्रह्माणडज्ञहरु विशेष प्रकारको शान्ति अवेक्षण गर्छन्, चाहे त्यो विकिरण प्रदूषणबाट शान्ति नै किन नहोस्, वा प्रकाश प्रदूषण बाट अथवा आदि जे भए पनि, सुस्पष्ट के छ भने यदि हामीले यी शान्ति क्षेत्रहरु नाश गर्यौँ भने, हामी यस्तो ग्रहमा रहनेछौँ जाँहाँ हामीसँग बाह्यिक पक्ष हेर्ने क्षमता रहने छैन, किनकी हामीले बाह्य अन्तरिक्षबाट आएका सङ्केतहरु बुझ्न सक्नेछैनौँ ।
You can share this video by copying this HTML to your clipboard and pasting into your blog or web page. This video will play with subtitles.
You either have JavaScript turned off or have an old version of the Adobe Flash Player. To view this rating widget you
need to get the latest Flash player.
If your browser allows only "trusted sites" to execute Javascript, you should add the "googleapis.com" domain to your whitelist to allow our Flash detection to work properly.
Got an idea, question, or debate inspired by this talk? Start a TED Conversation.
यो ग्रहभरी, विशाल दूरदर्शकहरु तथा संसूचकहरुले हेर्दै (एवं सुन्दै) छन् ब्रह्माण्डको क्रियाकाण्डका सङ्केतहरु । आइ एन् के (नवाचार तथा ज्ञान) सम्मेलनमा, विज्ञान लेखक अनिल अनाथस्वामि हामीहरुलाई भूमण्डलका अति दूरस्थ तथा शान्त स्थानमा रहेका यी अद्भुत अधिष्ठापनको पर्यटन गराँउछन् ।
Anil Ananthaswamy is the author of "The Edge of Physics." A former software engineer, he was inspired to become a science writer by his passionate curiosity about the world. Full bio »
Translated into Nepali by Ujjwol Lamichhane
Reviewed by Jyoti Lamichhane
Comments? Please email the translators above.
15:52 Posted: Oct 2009
Views 261,205 | Comments 64
16:09 Posted: Aug 2008
Views 679,255 | Comments 234
06:42 Posted: Feb 2008
Views 536,020 | Comments 69
Just follow the guidelines outlined under our Creative Commons license.
This comment will be attributed to . Not ? Sign Out.